पत्रकार महासंघका अध्यक्ष र अर्का पत्रकारमा कोरोना भाइरस नेगेटिभ  

२०७७ बैशाख ३० मंगलबार १६:२१:०० मा प्रकाशित

काठमाडौं । पर्साका ४ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भनिएकामा दुइजनाको नेगेटिभ देखिएको थाहा भएको छ । 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा र पत्रकार सुरेश बिडारीको रिपोर्ट नेगेटिभ आएको महासंघका २ नम्बर प्रदेश अध्यक्ष दिपेन्द्र चौहानले सरल पत्रिकासँग बताए । 'उनीहरुको क्लियर देखिएको छ' चौहानले भने  । 

 पर्सामा ३९ जनालाई कोरोना संक्रमण भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका थिए । तीमध्ये चारजना पत्रकार कोरोना संक्रमित भएको बताईएको थियो ।
 

 

ताजा खबर