एकैदिन ५७ कोरोना संक्रमित थपिए 

२०७७ बैशाख ३० मंगलबार १३:३१:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेर गएको छ । आज मंगलबार मात्रै ५७ जनामा कोरोना संक्रमण देखिएको थाहा भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा।समिर कुमार अधिकारले बताएका छन्। स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

ताजा खबर