माइग्रेनका बिरामीलाई योग प्रभावकारी

२०७७ बैशाख २९ सोमबार ०९:४९:०० मा प्रकाशित

सामान्यतया मानिस टाउको दुखाइ के हो भन्ने बारे मानिस अल्मलिदै जान्छ ।  धेरै टाउको दुख्नाले उ प्रत्यक्ष रुपमा चिकित्सकको सुझावमा औषधीको गोला खाइरहेको हुन्छ । अमेरिकी नशा तथा झड्का सम्बन्धी परिक्षण गर्ने राष्ट्रिय स्वास्थ्य विभागले धेरै टाउको दुख्ने संकेत माइग्रेन हुनसक्ने भन्दै माइग्रेन को अर्थ निकाल्दै दिमागमा एकदम झड्का दिँदै, हल्लिँदै सहन नसकिने गरी मानिसको टाउको दुख्ने रोगलाई यस रोगको लक्षण बताएको छ । भनिएको छ यस रोगको लक्षणमा मानिसमा रिंगटा लाग्ने, वाक्क वाक्क आउने तथा प्रकासबाट विचलित हुने गर्छ ।

माइग्रेनको असर टाउको फुट्ने गरी पीडा हुनुलाई लिइन्छ । मानिसको शरिर र मष्तिस्कको उचित व्यायामबाट असर कम हुने बताइन्छ । कार्यालय, विद्यालय वा कुनै नीजी काम गर्दा खेरी मानिसको मष्तिस्कको प्रशिक्षण भइरहन्छ । मानिस कुनै काममा व्यस्त छ भने टाउको दुख्दै जाने विराम उचित ध्यानबाट निर्मूल हुन्छ । माइग्रेनमा जैविक र शारिरीक दुवै खालको ध्यानको विश्लेषण गरिएको छ । अविसाद, तनाव र टाउकोका असर हरु ध्यानबाट निर्मूल हुने विशेषज्ञहरुको सुझाव छ ।

माइग्रेन रोगलाई निर्मूल कसरी पार्ने

उचित निन्द्रा, सन्तुलित भोजन, मानसिक आराम र व्यायाम रोग निर्मूल गर्न उचित कदम हुने ठम्याई छ । कहिलेंकाही धेरै समयको किताबी अध्ययनबाट पनि टाउको दुख्न सक्छ । यस अवस्थामा उचित मात्रामा औषधीको सेवन गर्नु पर्ने सुझाव छ । धेरै मानिसको स्वास्थ्य योगाबाट समाधान हुने बताइन्छ । योगा अभ्यास गर्न कुनै सम्बन्धित पुस्तकको साहारा लिन सकिने बताइन्छ । शुरुका तीन महिना धेरै कष्टकर भएपनि समय लम्बिदै जाँदा टाउको दुखाई हल्का हुने सुझाव व्यक्त गरिन्छ ।

दुखाई कम गर्न योगा

मानिसको मष्तिस्कमा हुने गरेका विभिन्न मांसपेशी सम्बन्धी रोग, अत्याहास, टाउको गल्ने रोग र नशाको रोगमा चिकित्सकको सुझाव अनुसार योगाको अभ्यास गरेमा स्वास्थकर हुने बताइन्छ । शारिरीक, जैविक, मनोवैज्ञानिक र नसा सम्बन्धि क्षय योगाको कारण समाधान हुने तर्क गरिँदै आइएको छ । नैराश्यता र हृदयरोगका सम्भावना भएका विरामीमा यसलाई नकारात्मक लिइँदैन ।

नाइट्रिक अक्साइडको बृद्विको कारण माइग्रेनको विन्दुको उचाइ बढि हुने त्यसकारण टाउकोमा रगत प्रभाव र उच्च रक्तचाप बढि हुँदै जाने विशेषज्ञहरुको सुझाव रहिआएको छ ।
धेरैपछि काँध र घाँटीमा मांसपेशीको कोष बाक्लीदैं जाने अनि समयअन्तरालमा माइग्रेनको लक्षण भेटिने विशेषज्ञहरुको सुझाव छ । यो एक किसिमको मष्तिस्कको कोषहरुको सुन्निने तथा दिमागमा अक्सिजनको मात्रा कमि हुने प्रक्रिया हो भनिएको छ । योगामा शरिरको आकार, व्यायाम, स्वासप्रश्वास र प्रणायमले माइग्रेन केही हदसम्म निराकण हुने चिकित्सकहरुको सुझाव छ । (स्रोतः सिएनएन)

ताजा खबर