एयर इन्डियाका पाँच पाइलटमा कोरोना पोजिटिभ 

२०७७ बैशाख २८ आइतबार १७:३१:०० मा प्रकाशित

नयाँदिल्ली । एयर इन्डियाका पाँच पाइलटमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु हालै कार्गो फ्लाइट लिएर चीन गएका थिए । उडान भर्नुभन्दा ७२ घन्टा अघि गरिने स्वास्थ्य परीक्षण प्रि–फ्लाइट टेस्टमा सबै पाईलट संक्रमित भेटिएका हुन् । एयर इन्डिया कम्पनी सम्बध्द  सूत्रले बताए अनुसार, ती पाँचैजना पाइलटमा अस्वस्थताको कुनै लक्षण देखिएको   थिएन । उनीहरु अहिले मुम्बईमै छन् । 

एयर इन्डियाले भारतमा लकडाउन सुरु भएयता कैयौं देशमा कार्गो उड़ान भरिसकेको छ । यसैबीच चिकित्सा सामग्री लिन गत १८ अप्रिलमा नयाँदिल्लीबाट चीनको ग्वाँग्झाउ उडान भरिएको थियो । बोइङ ७८७ ले सांघाई र हङकङबाट पनि कार्गो ढुवानी गरेको थियो । 

 यसका साथै बन्दे भारत मिसन अनुसार, विभिन्न देशमा रहेका भारतीय नागरिकलाई ओसार्न एयर इन्डियाका जहाजहरुले खेप लगाईरहेका छन् । तर पाईलटहरुको स्वास्थ्य रिपोर्ट नेगेटिभ नआईकन उनीहरुलाई उडान अनुमति दिईने छैन भनिएको छ ।

  पायलट चिन्तित्

एयर इन्डियाले यसबारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन । तर आफूहरुमा कोरोना भाइरस पोजेटिभ भएको खबर थाहा पाएपछि पाईलटहरु भने चिन्तित् बनेका थाहा भएको छ । 

 
 

ताजा खबर