कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, देशभर ७५ पुग्यो

२०७७ बैशाख २१ आइतबार २१:१२:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभाव ह्वात्तै बढेपछि सर्वत्र चिन्ता छाएको छ । संक्रमितको संख्या छ जना थपिएपछि बाँकेमा मात्र कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यो  समेत देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।

 

संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन् भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप ९ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप ९ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य लगायत ९० जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिदा ९ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार शनिवार सङ्कलन गरिएको मध्ये ६० जनाको स्वाबको परीक्षण भैरहेको छ ।

 

ताजा खबर