कोरोना भाइरसः छिमेकीसँगको संक्रमणबाट कसरी बच्ने ?

२०७७ बैशाख २१ आइतबार १०:०५:०० मा प्रकाशित

आजभोलि क्यालिफोर्नियाँ प्यासोडिनियाका जेके क्वेजाडा आफ्नी श्रीमती, सानो छोरा र घरपालुवा कुकुर लिएर विस्तारै मर्निङ्ग वाक गर्छन् । त्यसो गर्दा उनीहरु आफ्नो छरछिमेक र वरपर केही बोल्न भने हिचकिचाउँछन् ।

घाँसे मैदानमा होस् वा अध्ययन गर्दा जुनसुकै काममा यतिखेर पर्याप्त दूरीमा अभ्यस्त रहेको पाइन्छ ।

आफ्नो अर्की बृध्दा छिमेकीको निमन्त्रणा उनी स्वीकार्दैनन् । यस महामारीमा आफूलाई रोगको संक्रमण नहोस् भनि आफू मौन रहेको उनको भनाई रहेको छ । त्यसो त दुई दशक भयो क्वेजाडा छिमेकको घर व्यवहारमा वास्ता राख्न छाडेको । यस संक्रमणले पनि उनको जीवनमा खासै फरक भने पारेको छैन । त्यसैपनि यस जोखिमको बेला छरछिमेकमा वास्ता राख्दा झिनामसिना कुरामा छरछिमेकमा बाझाबाझ हुने उनको रोजाई छ ।

एक अर्कामा पैंचो

कसै कसैले वरपर मादक पदार्थ खाएर होहल्ला गरेको यदाकदा सुनिन्छ । प्रहरी आउँछ लान्छ । सामान्य नजीर वकालत गर्ने मानिसले अमेरिकाको समुदायलाई राम्ररी बुझेको उनको कथन छ । “यस अवस्थामा त सामाजिक सुरक्षा अवलम्वन हुनुप¥यो । सबैजना आत्तिएका छन् ।” अर्थर एल क्याप्लिन स्थानीय औषधि व्यापारी औंल्याउँछन् । “मानिसलाई जे गर्ने छुट हुँदैन उनीहरुको अव्यवहारिक कदम रोकिनुपर्छ” उनको सदासय छ ।

व्यवहारमा किन यसो त ?

“मानिस शारीरिक रुपमा कमजोर हुनु दुःखद पक्ष हो । मानिसहरु आंशिक रुपमा शारीरिक रुपमा कमजोर भएका छन् । कतिखेर मास्क लाउने । कति खेर हातमा पञ्जा उनीहरुलाई पटक्कै ध्यान छैन । मानिसले बुझ्नु पर्ने कुरा हो  र प्राकृतिक रुपमा यस अवस्थामा  स्वास्थ्यवध्र्दक उपाय के उचित हुन्छ सबै प्रकाश पार्नुपर्छ । तुरुन्त जानकारी दिने बानीले मानिसको ज्यान बचाउँछ । त्यसो त लकडाउन भएको महिनौं भयो कहिले खुल्ने निश्चित पनि छैन ।” जोन हप्किन्स विश्वविद्यालयका मानवशास्त्रका विद्यार्थी चिकित्सक स्कोक स्पानाको ठम्याई   छ ।

के भन्ने के नभन्ने ?

स्ट्वार्ट जी फाइन्डर लसएन्जलस हेल्थकेयरका सिदेर सेनाइको विचारमा,“छिमेकमा दूरी कम गर्दै जाने हो भने एक आपसको आपसी सद्भाव खल्बलिन सक्छ । सही तथ्यको सार्वजनिक भोगाइमा अनुभवको मानवीय स्वरुप एकै भएमा राम्रो हु्न्छ ।

“शारीरिक निकटता” र “सामाजिक दूरी” दुई फरक विषय हो । यसमा विशेष सावधानी अपनाए राम्रो । मानिसको सडकमा हिँडडुल यस महामारीको स्थितिमा ठीक छैन ।”
२० जनाको व्यक्तिगत सभाहलमा त उनीहरुको छिमेकमा मास्क लाएका मानिस नै हुन्छन् रे !

धेरै जना पारिवारिक सदस्य भएको परिवार

“अचेल त पार्कमा मानिस त्यति हुँदैनन् । मानिसको चालचलन पनि त बुझिँदैन । समुदायमा बसेपछि चालचलन अनुसारको रहनसहन हुनुप¥यो । यसो नभएमा समुदायले प्रहरी सेवाको संरक्षण खोज्छ ।” बोष्टन कानून विश्वविद्यालयका प्राध्यापक अजिजा अहमदको प्रशंसा रहेको छ ।

उनको बुझाईमा सामाजिक सुरक्षा नीतिनियम बनाउनका लागि नै हुनेगर्छ । सिटेल पार्क र सुधार केन्द्रमा ६० दूतहरु रहेका छन् ।

कसरी सामाजिक दूरीको मूल्याङ्कन गर्ने ?

“समुदायमाको असल  को खराब बुझ्न कठीन भएता पनि व्यक्ति स्वयंले निर्धारण गर्नुपर्ने कुरा हो । कोही स्यान्डवीच खाईरहेको बेलामा ह्वात्तै उठाइ हिँड्ला । कसैले भीडका माझ मास्क लगाएन भने ठूलो झन्झट वेहोर्नु पर्ला । मानिस स्वविवेकी हुनुपर्छ  । पहिले त समझदारीको कुरो नै हो । समाजमा बाँच्दै आएका त सबै हुन् । तर यो विशेष समय कसरी काट्ने ।” क्यालिफोनिर्याकी सियाना डेभिसको रोजाई छ । (सिएनएन हेल्थ) फायल तस्बिर
 

ताजा खबर