पर्दामा झुलिरहने एकोहोरो दृश्यको मानिसको आँखामा पार्ने प्रभाव

२०७७ बैशाख २० शनिबार १०:०२:०० मा प्रकाशित

कोरोना भाइरस कोभिड–१९ को प्रभाव सँगै हामी आफ्नो टिभि रुममा मस्त छौं । हामीसँग नजिकका इष्टमित्र छैनन् न आफन्त नै छन् नत साथी भाइ । एक अध्ययनको खोज अनुसार आजकल हामी दिनको १३ घण्टा विभिन्न मिडियाका स्क्रिनमा विताइरहेका हुन्छौं । विज्ञहरुले टिभिमा दिनहुँ आँखाले एकाहोरो हेर्ने बानी स्वस्थकर नहुने राय व्यक्त गरेका छन् । 

स्मार्टफोन वा कम्प्युटरको लामो प्रयोगले आँखा धमिलो हुँदै जाने, गल्ने, चिलाउने तथा टाउको गल्ने समस्या हुने अस्पतालहरुको धारणा छ । यस प्रकारको समस्यालाई उनीहरुले, “डिजिटल भिजन सिन्ड्रोम”को संज्ञा दिएका छन् । उनीहरुको एउटै सल्लाह छ २० मिनेटको कुनै काम पछि आफ्नो आँखालाई छुट्कारा दिँदै विश्राम दिनुहोस् । आँखाले एकोहोरो एउटै काम गर्दा आँखाको मांसपेशीको काम बढ्ने उनीहरुको दाबी रहेको छ ।

आँखा झिम्क्याइरहनु पर्ने
आँखाको सुख्खापन केही हदसम्म आँखा चलाउनाले कम हुने बताइन्छ । आँखाको ज्योती तेज हुँदा आँखा कम झिम्किने गर्छ । आँखाको परेलीको व्यायाम हामी आँफैले पनि गर्न सक्छौं । ह्युमिडोफाइयर नामक रसायन अप्राकृतिक आँसुकोलागि फाइदामन्द हुने विशेषज्ञहरुको तर्क रहेको छ । हामीले चलाउने कम्प्युटर १८ देखि ३० इन्च पछाडी ढल्कििएको हुनुपर्ने उनीहरुको सुझाव छ । आँखा सुख्खा हुने वातावरणमा आकाशमाथि हेर्दा भन्दा भूइँतिर हेर्दा आँखाको ढकनी चाँडै बन्द हुने सुझाव जानकारहरुको छ । आफुले चलाउने कम्प्युटरको स्क्रिन आँखा चिलाउने रोगबाट बच्न सधैं सफा राख्नु पर्ने बताइन्छ ।

बालबालिकाले टाढाको दृश्य नदेख्ने वा दृष्टिवैषम्य भए गरेमा नजिकको स्वास्थ्यचौकीमा अवलम्ब आँखा जाँच गर्नु पर्ने चिकित्सकको सुझाव छ ।यद्यपी लकडाउनको समयमा धेरै बेर स्क्रिनमा हेर्नु स्वास्थ्यको लागि फाइदा भने अवस्य हुँदैन । खिरिला अक्षरहरु पढ्ने बानी र नजीकै स्क्रिनमा घोत्लिने बानी नगरेकै बेस हुने उनीहरु वकल्छन् ।

निलो प्रकाश
निलो प्रकाश भन्नाले आकाशको प्रकाशलाई बुझिने गरिन्छ । निलो प्रकाश जब आकाशमा देखिन्छ त्यससमय ढिलो सुत्न मन लाग्ने हुन्छ । प्राकृतिक किताबमा समय कटाउनु भन्दा टिभिका स्क्रिनमा समय कट्नाले त्यसमा भएको चम्किलो विकिरण आँखाको लागि हानीकारक हुने उनीहरुको तर्क रहेको छ ।

आजकल बालबालिकाहरु नजिकको दृश्य नदेख्ने “मियोपिया” रोगबाट बढि नै ग्रसित रहेको चिकित्सकहरु जानकारी दिन्छन् ।
अमेरिकी राष्ट्रिय आँखा चिकित्सकका प्रवक्ता  रचेल बिसप भन्छन् “बालबालिकाहरु इ–रिडर चलाउँछन्, कम्प्युटर चलाउँछन् त्यसका साथसाथै समाजमा घुलमिल हुन पनि त समय दिलाउनुप¥यो त्यसो त उनीहरुको विद्यालय जाने समय नजिकिँदै गएको छ ।” 
(स्रोतः सिएनएन)
 

ताजा खबर