जीवनमा रिसाउन कसरी छाड्ने ?

२०७७ बैशाख १९ शुक्रबार ०८:२९:०० मा प्रकाशित

मानिस अक्सर रिसाउने गर्छन । क्रोधि मानिसलाई धेरै भोजन ग्रहण गर्ने, अवसाद, अनिद्रा, मुटु रोग र हृदयघातले च्याप्ने विज्ञहरुको तर्क रहेको छ ।

मानिस व्यवहारले नहुर्किसकेको कारण उनीहरुलाई जीवनमा सानो कमजोरीले पनि ज्यादा अन्योल र त्रासदीले सताउने बताइन्छ ।

मनोवैज्ञानिक विलक्षण भएको मानिसले अन्योल खेप्न विशेषगरी ध्यान गर्नुपर्ने सुझाव वैज्ञानिकहरुको छ ।

स–सना कुरा जस्तै ट्राफिक जाम, घरका बालबालिकाको बठ्याइँ र आम मानिस आफूप्रति सहानुभूति नराख्दा ज्यादा रिस उठ्ने बताइन्छ ।

मानिसलाई रिस नउठ्ने तरिकाहरुः–
रिस पट्क्कै नलिने । हावामा लामो पेटले स्वास सधैं लिने । विभिन्न मन्त्रले पनि रिस टाढा भगाउन सकिन्छ । सधैं सकारात्मक सोचको विकास गर्ने । क्रोध मानिसको शत्रु हो कहिलेकाँहि बाटामा हिँड्दा रिस उठे वास्तविकतालाई सम्झी वा वाटोमा भएको ट्राफिक यातायातलाई सम्झी शान्त हुने ।
शरिरको रक्तचाप जचाउँने । आफ्नो रिस त आफ्नो भावना मात्रै हो वास्तवमा संसार अलग छ भनि कुराकानीमा रमाउने । सडकमा विभिन्न फोटो खिचि सन्तुष्ट हुने । खुल्ला मनले हास्ने । क्रोधसँग मूर्ख हुने । जिवनमा नैराश्यवादी कहिले पनि नहुँने ।
(स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर