सुरु भयो देशभर खोप सेवा

२०७७ बैशाख १७ बुधबार ०९:५२:०० मा प्रकाशित

काठमाडौं । लकडाउनका कारण देश भर रोकिएको बालबालिकालाई लगाइने खोप सेवा क्रमश सुरु हुन थालेको छ ।

लकडाउनका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ । अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी  खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

कार्यालयका अनुसार हालसम्म १३४  बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो । यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने  कार्यालयले जनाएको छ । 

त्यसैगरी लकडाउन कारण रोकिएको नियमित खोप दुल्लू नगरपालिकामा पनि सञ्चालन गरिएको छ । दुल्लु नगरपालिका अन्तर्गत रहेका ४२ वटा खोप केन्द्रहरुबाट त्यस क्षेत्रका सबै बालबालिकालाई खोप लगाइने जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । नवजात शिशु जन्मेदेखि १५ महिना नपुगुन्जेलसम्म लगाइने खोपअन्तर्गत छुटेका खोपहरु लगाइने छ ।

दैलेख जिल्लामा ११ स्थानीय तह रहेको भए पनि अन्य १० तहमा अर्को महिनाको पहिलो सातादेखि खोप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । 

नियमित रूपमा लगाउने खोपहरु लकडाउनका कारण त्यस क्षेत्रका हजारौँ बालबालिका खोप लगाउनबाट वन्चित भए पनि त्यो पूरा हुने उनले बताए  । रासस
 

ताजा खबर