बेलायतमा कोराना भाइरसको प्रभाव

२०७७ बैशाख १५ सोमबार ०७:१५:०० मा प्रकाशित

कोराना भाइरस कोभिड –१९ को प्रभावले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन निको भए । तर आम मानिस भने यसको नियन्त्रणबाट अझै मुक्त हुन् सकेका छैनन ।
मानिसले धेरै मात्रामा अस्पतालबाट उपचार पाइरहेका छन्  कि छैनन् भन्ने हो । प्राय मानिस अस्पताल दौडिरहेका छन् तर कतिपय मानिस अझै रोगबाट मुक्त हुन सकेका छैनन ।
विभिन्न उमेरका मानिस चाहे पुरुष हुन वा महिला उनीहरुको स्वास्थ्य कोभिड १९ को कारण उत्तिकै जोखिम रहेको पाइएको छ ।
चिकित्सकबाट दिइने उपचार धेरै संवेदनशिल हुने हुँदा उपचार विधि लामो हुने बताइन्छ ।

कोरोनाकोे लक्षण
शूरुमा ज्वरो आउनु वा रुघाखोकि देखिनु । शरिरमा पीढा हुनु , गल्नु, घाँटी दुख्नु र टाउको दुख्नुलाई रोगको दायरा बताइन्छ । त्यसो त सुख्खा खोकीले घाँटीमा खकारको समस्या देखिने अनि मानव शरिरको फोक्सोको कोशिकामा जीवाणुको प्रभाव रहने बताइन्छ ।

आम मानिसलाई आरम गर्न, झोल पदार्थको सेवन गर्न र औषधि सेवन गर्न सुझाइएको छ । मानिस हेरिहेरि रोगको प्रभाव धेरै र थोरै हुने बताइन्छ । मानिसलाई स्वासप्रश्वास मै समस्या रहेको पाइन्छ । हावा फाल्ने फोक्सो स्वस्थ भएमा त्यसै शरिरका अंग सुन्निने गर्दैन  । मानिसको रोग संग लड्ने क्षमतालाई पनि प्रमुख रुपमा विश्लेषण गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले मानिस निदाउँदा भेन्टिलेटर वा खुला कोठाको प्रयोग गर्न सुझाएको छ ।
भौतिक चिकित्सा प्रणाली वा फिजियोथेरापीद्वारा शरिरलाई स्वास्थ्य राख्न सकिने चिकित्सकको सुझाव रहेको छ ।
शरिर गल्नु, कमजोरी हुनु र स्वास प्रस्वासमा आएको कमजोरीको कारण चीन र इटालीमा मर्नेको संख्यामा उच्च वृद्वि भएको डाक्टरहरुको ठम्याइ रहेको छ ।
(स्रोतः बिबिसी हेल्थ)

ताजा खबर