पोसीलो खानाको उचित समय

२०७७ बैशाख १४ आइतबार ०७:३५:०० मा प्रकाशित

बिहानको खाजा मानिसको लागि पोसिलो हुने गर्छ । बेलुकीको खाना धेरै भएमा शरिर मोटाउँदै जाने एक खोजको निश्कर्ष छ । अमेरिकामा डायटलाई उच्च प्राथमिकतामा राखिन्छ । उचित खानपीनको मापनले उनीहरुको भोक मेटाउने गर्छ । 

सन् २०१८ को १००९ वयस्क माथि भएको सर्वेक्षणमा भनिएको छ प्राय अमेरिकन ८ घण्टा खाना खाएर १६ घण्टा व्रत वस्छन् ।
भ्याण्डरविल्ट विश्वविद्यालयको न्यासभिल्लीको अनुसार अमेरिकन खानाको क्यालोरीमा विशेष ध्यान पु¥याउँछन् । पोषणको तत्व खानामा अत्याधिक हुने हुँदा शरिरको वजन बढ्ने संकेतले उनीहरु खानकीमा विशेष ध्यान पु¥याउँदै आएका हुनेगर्छन ।

जैविक समय
वैज्ञानिकहरुको अनुसार मौसमको प्रभावको कारण खानपिनमा ध्यान दिइने बताइन्छ । जैविक विविधताले मानव शरिरकोे तापक्रम, निन्द्रा, पाचन प्रणालीमा, हार्मोनको निश्काषनमा असर पार्ने भनिन्छ ।
मानिसहरुको दिनहुँ कामको असर शारिरीक रुपमा फाइदामन्द हुने हुँदा विना कामको समयले मानिसको मोटोपन बढाउने तर्क गरिएको हो ।
त्यसकारण वैज्ञानिकहरु भन्ने गर्छन मानिस र जीव दुवैको खानकीको तौल छुटिनुपर्छ ।

चयापचाय
५० वा ५६ वर्षको बढि उमेर भएको अमेरिकनको चयापचाय शक्तिमा ह्रास आएको अध्ययनले भेट्टायो ।
नास्ता, भोजन र रात्रिखानाका साथै रातमा स्यान्क्स खाने चलन त्यहाँको दैनिकी बनेको पाइयो ।
७०० पोषणको सेवन र बिहान ८ः०० बजेको नास्ता र बेलुकी १०ः०० बजेको स्यान्क्सको साथै शरिलाई आवश्यक व्यायामले शरिरलाई सन्तुलन राखेको भनियो ।
तर खानामा पाइने अनावश्यक कार्बोहाइड्रट र चिल्लो पदार्थको चिज घटाउँदा उनीहरुमा आराम  रहेको बताइयो ।

नास्ता र बेलुकीको खाना घटाउने
मानिसलाई क्यालोरी र व्यायाम गर्न दिइएन । हल्का स्यान्कस् मात्र सेवन गर्न दिइयो । २४ घण्टामा शरिरलाई चाहिने चिल्लो पदार्थमा कम गराइयो । खाजामा कटौती भएको कारण शरिरमा अचानक शिथिल बनेको अध्ययनको निश्कर्ष छ । 

कसरी वजन घटाउने
समय अनुसारको कम खानेकुरा र शरिरलाई चाहिने उचित व्यायामले नै शरिरको वजन घटाउने बताइन्छ ।
(म्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर