कोरोनाको सन्त्रास सँगै मेक्सीकोमा पानीको कमी

२०७७ बैशाख १३ शनिबार ०७:१७:०० मा प्रकाशित

धुलाम्य पहाड भएको मेक्सिको शहरमा एक बयोवृद्वा महिला पानी धारमा थाप्न मस्त हुन्छिन् । धुलो भएको सडकका बीच ती महिला आफ्नो बाल्टीमा पानी ट्याङ्करबाट सकी नसकि भर्न तम्तयार हुन्छिन् ।
मेक्सिको शहरको अधिकाशं यही हालत छ शहरमा हुने ढलको निकासको प्रबन्ध नभएको हुँदा यसो भएको अनुमान गरिएको हो ।

आधुनिक युगसम्म आइपुग्दा मेक्सिकन जनतामा कोरोनाको कहरले हात सफा पानीले हात धुनुपर्ने ज्ञान त छँदै छ तर मुहानको कमीले सहज नभएको उल्लेख गरिएको छ ।

सरकारले आम नागरिकलाई दिनहुँ हात धुन र घरमै बस्ने सुझाव सिकाएको छ ।

मेक्सिको शहरको दक्षिण पूर्वी भूभागकी इरिका क्यासासोला ४२ वर्षकी भइन् । उनको एउटै पुकार छ,“म घरमा प्रशस्त पानीले आफ्नो हात धुन सँकु ।  एउटै रहर हो म र मेरो परिवार स्वस्थ होस ।”

मेक्सिको उत्तर अमेरिकी देश हो जहाँ कोरोना भाइरसका कारण ११,६०० संक्रमित भएका छन् भने १,०६९ मानिसको मृत्यु भएका छन् ।

त्यो त उनका नातीले प्रशस्त पानी वासिङ्ग मेशिनमा प्रयोग गर्छन तर लोभ पटक्क प्राय छैन ।
कहिलेकाहिँ घर मै जुका पर्न थालेको छ भने फोहोर फाल्ने ट्याङ्करले जथाभावी फोहोर घर यत्रतत्र छोड्ने गरेको छ ।

भ्याइ नभई खोलाको पानी रातमा हतारहतार चलाउनु पर्छ ।

मेकिस्को को मेयर कालारा बु्रगाडा भन्छन् पानीको महामारी ऐतिहासिक हो तथापी समस्या निराकरण गर्न ट्रकको पानी शहरमा प्रयोगमा ल्याइएको छ ।

आम मानिसलाई बोटलबाट पानी किन्न अफठ्यारो हुने बताइन्छ ।

२०१७ मा विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदनले मेक्सिकोलाई अत्याधिक बोटलको पानी पिउने देशको सूचीमा राखेको थियो ।
(श्रोतः रोयटर्स)


 

ताजा खबर