मृत्यु बढाउन वायु प्रदुषण र कोरोनाको सहकार्य

२०७७ बैशाख ८ सोमबार १२:२०:०० मा प्रकाशित

विश्वमा यतिबेला मानिसको धेरै मृत्यु हुनुको पछाडि कोराना मात्र नभई वायु प्रदुषण पनि उल्लेख्य कारण भएको बताईएको छ । एक नयाँ अध्ययनको निश्कर्षमा   वायु प्रदुषण विश्वका घना बसोबास र उच्च परिमाणमा जल्ने इन्धनले वायु प्रदुषण बढाउँदा मानिसको श्वासप्रश्वास क्षमतामा अतिक्रमण गरेकोले कोरोना भाईरसको आक्रमण थेग्न नसकेर धेरै मानिसको ज्यान गएको दावी गरिएको छ ।

डेनमार्क र इटालीमा हावाको चाप अत्यधिक रहन्छ । “इन्भारोमेन्टल पोलुषण” ले निकालेको एक सूचाङ्कको अध्ययनमा प्रदुषण पनि मानिसको मृत्युको कारक हुन सक्ने उल्लेख गरिएको छ ।

खास कुरा के हो ?

सार्स कोभिड २ हो । यसमा श्वासप्रश्वासमा गाह्रो हुन आउँछ । वैज्ञानिकले मानिसले वातावरणमा फैलाएको   प्रदुषणलाई उच्च जोखिमको विषयवस्तु बनाएका छन् । कोभिड–१९ मा मानिसको उमेर अनि लैगिङ्कतालाई विषेश ख्याल गरिएको छ । त्यसै अनुसार स्वास्थ्य पनि अर्को परिसूचक लिइएको छ ।  चीन र इटालीमा उस्तै उस्तै लक्षण पाइएको उल्लेख गरिएको छ । यसमा मानिसलाई श्वास प्रश्वासमा अवरोध आउँछ र चाँडै ज्यान जान सक्छ ।

वायु प्रदुषण

हावा वा वायुको असर के हो ? त्यहाँ विशेष सम्बन्ध रहेको कोरोना संक्रमणको अध्ययन गरिरहेका विज्ञहरु तर्क गर्छन् । इटालिको सरकारले कोरोनाको आक्रमण विशेष वा निश्चित ठाउँहरुमा मात्र भएको पुष्टि गरेको छ । लुम्बाड्रि र इमालिया रोमाग्नामा कोरोनोको कहर १२५ बताइएको छ । अरु भागमा ४.५५ रहेको छ । मानिसमा रहेको भिन्नता, जनघनत्व, रोगको प्रभाव र  मृत्युलाई अलग धारबाट हेरिएको बताइएको थियो । यी दुई शहरमा वायुको चाप बढि रहेको र वयोवृध्द नागरिकमा यो रोग व्याप्त रहेको छ । उत्तरी इटालीमा हावाको प्रभाव अनिश्चित प्राय रहेको बताइन्छ ।

मानिसको रोगसँग लड्ने क्षमतामा अनुकुलता नहुनु

यस किसिमको रोगले शरीर सुन्निने र मानिसमा मानसिक प्रभाव रहने बताइएको छ । मानिसलाई हावाले दिमागी रोग बढाउने बताइएको छ । २०१६ को एक अध्ययनले हावाको चाप धुम्रपान गर्नु भन्दा पनि हानिकारक हुने बताइएको छ । हावाले फोक्सोको सिलिया विगार्ने, कपाल भन्दा साना रेसा शरीरमा विजारोपण हुने र श्वासप्रश्वास सम्बन्धी रोगको आगमन हुने बताइन्छ ।

हावाको कारण नै कोरोनाको प्रभाव बढेको हो त ? सोको प्रत्याभूत गराउन वैज्ञानिकले पुनः अनुसन्धान थाल्ने भनिएको छ । वातावरण वैज्ञानिक डारियो कारियो डेनमार्कका वैज्ञानिक हुन । उनी भन्छन्, “समान्यतया अरु कारण पनि हुन सक्छन्, कोरोनाको कहरलाई नकार्न सकिन्न ?” (स्रोतः मेडिकल न्युज टुडे/फायल तस्बिर)

ताजा खबर