बालबालिकाको लोककथा पठन गर्ने शैली,   रोचक मानसिकता एक अध्ययन

२०७७ बैशाख ५ शुक्रबार ०७:५६:०० मा प्रकाशित

मौरिस स्याण्डकको वन्यजन्तु सम्बन्धी कथाको एक रोचक पक्ष छ । म्याक्स नामक पात्रले आफ्नो आमालाई कसरी आफ्नो आमाको भावनाको खिल्ली उडाए ? उनलाई कथाको वस्तुस्थीतिबाट आफ्नो निजी निवासलाई कसरी छिन्नभिन्न पारे ? सुन्दा ख्याल नलाग्ला ?

बा–आमालाई कोरोना कोभिड –१९ को लकडाउनका बेलामा आफ्ना बालबालिका कामको बारेमा चिन्ता हुन्छ ।
बाल मनोवैज्ञानिक भन्छन् कुनै रोचक विषयवस्तु ले विद्यार्थीको सोच्ने शैलीमा नै परिवर्तन ल्याइदिन्छ ।
बालबालिकाले रोजे खोजे जस्तै कथाको विषयवस्तु र प्रकार उनीहरुकै चाहनामा फरक पर्ने विज्ञहरुको तर्क छ ।
जर्नल फ्रन्टियर्स नामक मनोविज्ञानमा प्रकाशित एक जर्नलमा बालबालिकाले कथाबस्तु अध्ययन गरे अनुसार उनीहरुको पर्यावरण र वरिपरिको बालसंसारमा फरक पर्ने तथ्य औंल्याएका छन् ।
भ्याण्डरविट विश्वविद्यालय न्यासभिल्ली टेनिसि कि सोधकर्ता मार्गारेट स्याभ्लिक भन्छन्,“ इच्छुक र रोमाञ्चक पढाईले बालबालिका र अभिभावकको सम्बन्ध सुधार्न प्रेरित गर्छ । उनीहरुलाई सकारात्मक कुरामा उत्प्रेरणा दिलाउँछ ।”

पढ्न उत्सुक्ता कसरी बढाउने ?
जसरी मानिसले खानपिनमा आधार बनाउँदै आएको हुन्छ । त्यसरी नै विषयवस्तु खोजी खोजी पढ्ने बानीले मानिसलाई हौसला दिने तर्क बताइन्छ ।
दैनिक पोसिलो र स्वस्थकर खानकीले मानिस मोटो, छिटो र फुर्तिलो बन्छ सबैलाई थाहा भएको कुरो हुँदै हो ।
बालबालिकाको मस्तिष्क बढाउन कम्तिमा दुईवटा कथाका पुस्तक साथमा हुनु पर्नेमा जोड दिइन्छ ।
कथा लेखकका अनुसार ४४% बालबालिका नौला र रोचक कथा पढ्न सधैं लालायित हुन्छन् ।
के पढ्नु भित्री हौसला बढाउनु हो
मानिसको मष्तिस्कमा पढ्नाले डोपामाइन नामक रसाइन निस्कासन हुने बताइन्छ ।
त्यसो त उत्साहजनक कथाले बालबालिकालाई आफ्नो काम बेलैमा कसरी पूर्णत गर्ने ज्ञान हुने र मष्तिस्क तेजिलो हुने बताइन्छ । उनीहरुमा हुने भाषामा सुधार र कुनै नौला काम गर्दा पनि उत्प्रेरणा जाग्ने बताइन्छ ।
विभिन्न बाल शिक्षालयमा कथा पढन् बालबालिकालाई सधैं लाइन्छ यसो गर्दा उनीहरुको भाष्य संरचना  बढ्ने बताइन्छ ।


कथा बाचन र कोरोनाको महामारी महामारीलाई भएको बखत कथाको विषयवस्तुको सामिप्यताले
बालबालिकालाई अन्य सोचबाट टाढा लाने बताइन्छ ।

उदाहरणको लागि कुनै कुकुरलाई विराम लागेको कथा बालबालिकाले पढ्दै छ भने उसले त्यही कुकुरको अवस्थामा रनभुल्ल पर्छ ।

कुनै भ्यागुत्ताको बारेमा दुखेसोको कथा उसले बाचन गर्दै छ भने उ दुखित पनि हुन्छ ।

त्यसो त उ भ्यागुत्ता सँग कथामा बाचन गर्दै पनि त हुन्छ नि !

कुनै घर वा कथा पात्रको रंगको चित्र कथामा छापिएका तस्विरबाट उसको मानसिक बदलिन्छ र छुट्टै महसुस गर्छ ।

बालबालिका संग कसरी नजिकिने
बालबालिकाका लागि प्रविधि मैत्री संचारमाध्यम नबनेका पनि होइनन् ।
तर पनि कुनै कम्प्युटर वा टेलिभिजन स्क्रीनमा कथा हेर्नु र अनुभव गर्नु भन्दा पुस्तकका पानामा कथा बाचन गर्नु नौलो कुरा हो ।
बालबालिकाको उत्सुकता र आफुभन्दा ठूला मानिसले के भन्दै छ भन्ने तर्कना छिटो मूल्याङ्कन हुने कथा पढेपछि विश्लेषण गरिएको छ ।
संसारमा असम्भवी कुरा केही पनि छैन र साहित्य, कला र विज्ञानले नै मानवता जोगाउने विज्ञहरुको तर्क रहेको छ ।
(स्रोतः सिएनएन)
 

ताजा खबर