नम्रता बोल्ड एन्ड ब्यूटी

२०७४ असार ५ सोमबार ०६:५५:०० मा प्रकाशित

काठमाडौ, ५ असार । नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् । चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् ।

नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त भएको भन्दै नम्रताले करिअरलाई पनि एकसाथ अगाडि बढाइरहेको सुनाइन् ।  मुख्य कुरा आफू आफ्नो काममा सन्तुष्ट हुन सक्नुपर्छ भन्ने उनको भनाई छ । काठमामा आयोजीत एक अवार्ड समारोहमा ५ बर्ष अगाडि साथीले पठाइदिएको उपहार लगाएर पुगेकी नम्रता बोल्ड एन्ड ब्यूटी देखिएकी थिइन् ।

ताजा खबर