सनसिटी अपार्टमेन्टका ३ मध्ये २ जनामा संक्रमण पुस्टि 

२०७७ बैशाख २ मंगलबार १४:०४:०० मा प्रकाशित

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ सनसिटी अपार्टमेन्टका ३ जना मध्ये आमा र छोरामा कोरोना (कोभिड  १९) भएको पुस्टि भएको छ भने वुहारीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

चैत ५ गते विहान लन्डनबाट नेपाल आएका उनीहरुको कागेश्वरी नगर अस्पतालमा र्यापिड परिक्षण गरि पोजेटिभ देखिएका कारण उनीहरुलाई हिजै पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

प्रहरीले हिजै शिलवन्दी गरेको सनसिटी अपार्टमेन्टका ५०० परिवारका करिव २ हजार जना वासिन्दाको तत्काल कोरोना परिक्षण गर्नु आवश्यक देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड- १९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ९५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला० को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड -१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने उनीहरूसँग संलग्नहरूको ट्रेसिंग सुरू भएको अस्पतालले जनाएको छ ।

ताजा खबर