मानव मष्तिस्कको संवेदना

२०७६ चैत २६ बुधबार ०७:४७:०० मा प्रकाशित

मानिसलाई माया अति आवश्यक पर्छ । मानव मष्तिस्कलाई पनि मायाको आवश्यक पर्ने वैज्ञानिकहरुको जोड रहेको बताइन्छ । मानव शरिरको प्रमुख अंग टाउकोलाई अगाद स्नेह चाहिने वैज्ञानिकहरुको राय छ ।
स्नेहको सुचक पुतली नै मानिसको नजिक हुँदा पनि मानिस मायाले प्रताडित हुने गरेको पाइन्छ ।
मायाको भाव मानिसमा रहेसम्म मात्र मानिसले सही गलत के हो राम्ररी बुझ्ने प्रष्टाइन्छ ।
मानिसमा रहेको मष्तिस्कको जैविक स्नायुको बारेमा चर्चा गरौं ।

मष्तिस्कको कुन भागले मायाको संवोधन गर्छ ?
एक वैज्ञानिक खोज अनुसार मानिसको मष्तिस्कको स्थान सधैं उच्च रहेको हुने गर्छ । मानिसको अनुहारबाट प्रकट हुने मोह जब मष्तिस्कले धारण गर्छ त्यसपछि उ झन प्रफुल्लित हुने गर्छ । मष्तिस्कमा रहेको कोर्टेक्स, इन्सुला र स्ट्रीयाट्रम मायाको कारण गतिशिल हुने पाइएको वैज्ञानिक तर्क रहेको छ ।
वेलायतमा सन् २००० मा गरिएको सोधमा मानव दिमागको इन्सुला, कोर्टेक्स, सिङगुलेट, हिप्पोक्यामस,स्ट्रियाटमलाई संवेदनशील अंगको रुपमा परिभाषित गरेको छ ।
मानव अंगमा विभिन्न माया तथा द्वेषका कारण मष्तिस्कबाट नै ठीक समयमा हार्मोनहरु निस्कासन हुँदै आएको हुन्छ ।
मष्तिस्क ज्ञान सम्बन्धि विद्यावारिधि गरेकी एक वेलायती विद्यार्थी स्यान्ड्रा ल्यागिन्स्ङ्गको तर्क छ ,“ मानिसको जीवनमा सुखको पाटो जहिल्यै रहन्छ । मानिसहरुको सहानुभुति , आत्मसम्मान र मायाको भावले दिमागमा कार्य सम्पादन गर्ने न्युक्लियस र पुटामिनलाई कमजोर बनाउँदैन ।यस किसिमको भावले अन्योलमा रहनेको अवस्था भन्दा मष्तिस्क सक्रिय रहन्छ । ”
उनको विचारमा स्नायु, हार्मोनको गतिशिलता पनि मस्तिष्क नै हो ।

हाल विश्वमै देखिएको कोभिड –१९ को महामारिको लकडाउनको वेलामा आफ्नो शरिरलाई आराम तरिकाले राख्नुहोस् । माया बटुल्नुहोस । सदभाव पाउनुहोस । त्यसपछि तपाईँ स्वच्छ रहन सक्नुहुनेछ । मष्तिस्कले सही तरिकाले काम गर्नेछ ।
(स्रोतः मेडिकल न्युज टुडे)

 
 

ताजा खबर