यस्तो छ भाई टिकाको पूजा गर्ने विधि

२०७४ कार्तिक २ बिहीबार १६:३०:०० मा प्रकाशित

काठमाडौं, २  कात्तिक। प्रचलित पात्रो अनुसार कार्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितिया तिथी। सनातन धर्ममा कार्तिक शुल्क द्वितीयालाई यम द्वितीया तथा भ्रातृपूजा पनि भन्ने गरिन्छ । यो पर्वलाई हामी नेपालीले ठूलो चाडका रुपमा पनि मान्दै आएका छौं । तर यो दिनमा क–कसको पूजा हुन्छ भनेर हामीमा नै यो चाड मान्नेहरुमध्ये कत्तिलाई थाहा नहुन सक्छ । यो चाडका बारेमा ब्रतार्कमा र निर्णयसिन्धुमा अर्थात् धर्मसिन्धुमा पनि यसको महत्वक बारेमा उल्लेख गरिएको पाइन्छ।

यमद्वितीया तु प्रतिपद्युतागेत्युक्तनिर्णया मृतादौ ।

मद्वितीया माध्याह्न व्यापिनी पूर्व विद्धा चेति हेमादिः ।।

ऊर्जे शुक्ल द्वितीयायमपराह्येऽ र्चयेद्यमम् ।।

स्नानकृत्वा भानुजाया यमलोक न पश्यति

ऊर्जे शुक्ल द्वितीयाया पूजितस्तिर्पतो यमः ।

वेष्टितः किन्नरै र्हृष्टैस्तस्मै यच्छतिवाँछित ।।

यसरी कार्तिक शुक्ल द्वितीयालाई वर्णन गरेको पाइन्छ । यसको पनि पूजाविधि यस्तो छ । यो पूजाविधि नछोडेर अष्टदलको रेखी हालेर त्यसका भित्रमा षट्कोणका छ वटै कुनामा पुनः लकिरले बन्द गराई माथि देखाए अनुसार विभिन्न देवताको पूजा गर्नुपर्छ । यो माथि दिएका चित्रमा ८ वटा कुना छन् । यो चित्र चाँदीका, काँशका वा ताबाँका थालमा पीठाको मसी अथवा सप्तरङ्गमध्ये सेतो वा पहेंलो ले बनाउनु र बीचको कुनालाई पूर्व भनिन्छ । जसमा दियो राख्ने त्यो भन्दा माथिकोमा कलश राख्ने दियोभन्दा दक्षिणमा गणेश राख्ने बीचमा यम यमुनाको, विष्णुको, अरु पाँच कुनामा पञ्च वेताल भूतप्रेतको भित्रको त्रिकोणमा ब्रह्मा, विष्णु, रुद्र नौग्रह र अष्टचिरञ्जीविको पूजा गर्नु ।

अष्टचिरञ्जीवि पूजा गर्ने मन्त्रः–

मार्कण्डेयो बलिव्र्यासो हनुमांश्च विभीषणः।

कृपद्रोणौ परशुराम अष्टौ तु चिरजीविनः ।।१।।

मार्कण्डेय महाभाग सत्पकल्पान्तजीवन ।।

चिरञ्जीवी तथा त्व हि भ्रातरम्मे तथा कुरु ।।२।।

त्यसपछि चित्रगुप्तको पनि पूजा गर्नुपर्छ । पहिले यी सबैको पूजा गरिसकेपछि बीचथालीमा ॐयमाय नमः आसनं समर्पयामि, ॐधर्मराजाय नम पाद्यम् ।
साभार: http://astrologernepal.com/magazine
 

ताजा खबर