मेरो साथी रामप्रसाद

२०७६ चैत २० बिहीबार १०:५६:०० मा प्रकाशित

डिलमा उभिएर

म खोज्दै छु,रामप्रसादको चोला

जो मसँगै सपनाको माला उन्थ्यो

किन उ मर्यो !

 

किन कलिलैमा उसका सपना मात्र होईन

उ स्वयम विलायो ?

 

अनी किन उ मेरो सपनामा बल्झीरहन्छ ?

र,भन्ने गर्छ-साथी मसँग पनि सपना थिए

लक्ष्य थिए-योजना थिए

र,'मान्छे' बनेर प्रगति गर्ने लालसा थिए

उस्का सपना र चाहनाले मलाई झस्काउँछ

अनी उसका यादहरुले मलाई सताउँछ

रामप्रसाद यतै-कतै संघर्ष गर्दै होला !!

 

आफ्नो पहिचान स्थापित गर्न

नाम चम्काएर दुनियॉलाई चिनाउन

सम्पती कमाएर सुखभोगको छटपटीमा

रामप्रसादको आत्मा यतै-कतै तड्पिएको होला

म चुवाको बोट छेउको डिलबाट च्याउंदैछु

रामप्रसादको अस्तित्वको खोजीमा

म कयौ निरिह किशोरवयलाई औल्याउँछु

तर खै रामप्रसाद पाउँदिन,

 

असंख्य रामप्रसादका भिडले मलाई घेर्छ

र भन्छ-

हेर साथी जीवनको सार्थकतामा

तिमी तड्परीरहेको छौँ

मलाई हेर,म सपनाहरुको संसारबाट

बिदा लिएर शान्तिको लोकमा छु

तिमीलाई तडपाईरहेको छु !!!!

***********

मिति: २०७६/१२/१७

ताजा खबर