ए मान्छे, के हेर्न हिँडेका ?

२०७६ चैत १२ बुधबार ०९:५४:०० मा प्रकाशित

 ए मान्छे !
भुस्याहा कुकुर जस्तो
किन लुखुर् लुखुर्
हिँडिरहेका
वाइक घ्वार्र घ्वार्र पार्दै
के हेर्न हिँडेका
के मृत्यु खोज्न ?

तिमीले मृत्यु चिनेको छैन
तिमीले खोजेको छिटै प्राप्त होला तर
तिमीले अरुलाई सखाप बनाउने छौ
राष्ट्रलाई घात गर्ने छौ
राज्यले तिम्रै लागि भनेको हो

विचरा पुलिस प्रहरी
रात दिन नभनी
अाफ्नो ज्यानको परबाह नगरी
खटीरहेका छन्
विचरा डाक्टर नर्सहरु पनि
उनीहरुलाई
ज्यनको माया छैन 

उनीहरु पनि हाम्रै छोरा छोरी दाजु भाइ हुन्
तिमीलाई चै
घरैमा केही काम नगरी
बसिरहू भन्दा पनि
के छिटै नर्क जाने टिकट खोज्न हिँडेका
तिमी त नरधम पशु पो रहेछौ !

ताजा खबर