बिरामीलाई तनावमुक्त गर्न अस्पतालमा सुफी संगीत

२०७६ चैत ९ आइतबार ०८:४७:०० मा प्रकाशित

टर्किको राजधानी स्तानबुलको एक अस्पतालमा शहरका अन्य कुनै अस्पतालमा भन्दा कम सुविधा छैन । तर यो अन्य अस्पताल झैं शान्त भने छैन ।

डा.विन्गुर सोन्मेजले मुटु विशेषज्ञको रुपमा सेवा गर्न थालेको ३० वर्ष जति भयो । उनी आफ्नो मुरली मार्फत विरामीलाई सुफी संगीत सुनाउने गर्छन् । उनी भन्छन्,“हामी विरामीलाई आराम दिन चाहन्छौं । उनीहरुको मन कसरी सहज हुन्छ, मनलाई शान्त पार्न हामी यसो गर्छौ ।”

सुफीकला इस्लाम धर्मको पारम्परिक संगीत हो, यो टर्कीमा प्रख्यात छ ।

सोन्मेजको अनुसार, आजभन्दा ५ शताब्दि अघि समाजमा भए मानसिक रोगीहरुलाई सिंगो ओटोमन राज्यमा विभिन्न तरिकाले सुफी संगीत सुनाएर उनीहरुलाई तनावबाट मुक्त  गरिन्थ्यो ।

मानसिक अस्पतालमा अझैपनि सुफी संगीत सुनाउनुको मुख्य कारण यही रहेको सोन्मेजको तर्क छ । उनी इतिहासको प्रभावले मानसिक रोगी सुफीमा आकर्षित रहेको बताउँछन् ।

एनेस्थिसियोलोजिस्ट इरोल क्यानका अनुसार, संगीतको छोटो प्रशारणले कुनै मुटु रोगीको १५ प्रतिशत धड्कनको तेजमा कमी आएको उल्लेख गरेका छन् । चिकित्सक क्यानका अनुसार, संगीत थेरापीको वैज्ञानिक अर्थ छ । २२ जना विरामीलाई अस्पतालले परीक्षण ग¥यो । प्रत्येकलाई २० मिनेटको सांगीतिक कार्यक्रम दिइयो ।

त्यसक्रममा मानिसको मुटुको धड्कन, स्टोलिक र डायस्टोलिक रक्तचाप, स्वाशप्रस्वाश, अक्सिजनको शरीरमा मात्रा, रगतमा अक्सिजनको मिलावट सबै अनुकूल रहेको पाइयो ।

चिकित्सक तथा खोजकर्ताले मानिसमा हुने तनावहरुलाई कमी गर्न संगीतले प्रभावकारी भूमिका खेल्ने गरेको बताएका छन् । मष्तिस्काघात भएका विरामीलाई पनि गीत संगीतले स्वास्थ्यमा अनुकूल परिवर्तन ल्याउने वैज्ञानिकहरुको निश्कर्ष छ ।

न्यूरो सर्जन डामिर जानिग्रो भन्ने गर्छन,“उच्च रक्तचाप र मानसिक तनाव भएका विरामीलाई उपचार कक्षमा दिइने संगीतको कारण उनीहरुको तनाव न्युनिकरण हुने गरेको पाइएको   छ ।”

आजभोलि चिकित्सकहरु विरामी चेक जाँच गर्न आइपोड प्रयोग गर्दै आएका छन् । विरामीलाई टर्कीमा प्रचलित पुराना माकम संगीत सुनाइने गरेको छ । माकम सुन्नाले विरामीलाई आनन्द आउने गर्छ । राती सुत्दा होस् वा विहान हिँड्दा यस्ता संगीतमा निकै मानिसको अभिरुची रहेको छ ।

भनिन्छ, माकम सुन्नाले मानिसमा भोकप्यास बढाउँछ । मानिसको तौल घट्नाको कारण पनि मानिसलाई भोक लाग्नाले हुन आउँछ । तर मानसिक स्वास्थ्य विरामी उपर गरिने यस्ता उपचार कार्यविधि वैकल्पिक र परम्परागत हुने गरको चिकित्सकहरु बताउँछन् । (एजेन्सीबाट) 

ताजा खबर