नेपाल आइडलका टप थ्रीसँगै झुम्यो उर्लाबारी

२०७४ असोज ३१ मंगलबार २०:१६:०० मा प्रकाशित

उर्लाबारी,३१ असोज । नेपाल आइडलका टप थ्री कलाकारहरुले मोरङको उर्लाबारीमा पहिलोपल्ट सांगेतिक प्रस्तुति पस्केका छन् ।  ग्लोबल युथ क्लव आईतबारेको आयोजनमा सोमबार तिहारको अवसरमा आयोजित सांगीतिक कन्सर्टमा प्रथम नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दासले आफ्नो सांगीतिक कला पेश गरेका थिए ।

चर्चित रियालिटी सो नेपाल आइडलबाट एकाएक चर्चामा आएका उनीहरुको प्रस्तुति हेर्न स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय  सप्तकोशी स्कूलको प्रांगणमा भएको लाईभ कन्सर्टमा कलाकारहरुले आइडलको समयमा गाएका चर्चित गीतहरु गाएर सहभागी दर्शक स्रोताको मन जितेका थिए । नेपाल आइडलको समाप्ति पछि पहिलो पल्ट उर्लाबारी आएका उनीहरुसँग सेल्फी खिच्नेहरुको पनि बाक्लो भिड् देखिन्थ्यो ।
उर्लाबारी फस्ट रनरअप निशान भट्टराइको होम टाउन हो ।

नेपाल आइडलका सन्ध्या जोशीलाई पनि उर्लाबारीका दर्शकले पहिलो पटक सोही कार्यक्रममा प्रत्यक्ष सुन्न मौका पाएका थिए । दिउँसो ४ बजेबाट सुरु भएको कार्यक्रम बेलुकी १० बजेसम्म चलेको थियो । ग्लोबल युथ क्लव आईतबारेको आयोजनामा भएकोे कार्यक्रमको भव्य र सभ्य रुपमा सम्पन्न भएको अध्यक्ष प्रेम याख्याले बताएका छन् । 


 
 

ताजा खबर