कलकत्तामा मानिसले कोरोना संक्रमणको बाबजुत गाईको गौतको सेवन

२०७६ चैत ७ शुक्रबार १४:५१:०० मा प्रकाशित

गाईको गौँतको सेवन उत्तरी कोलकत्तामा अहिले ख्यातीप्राप्त बनेको छ । मानिएको छ गौँतको सेवनले कोरोनाको असर कम गर्छ ।
केही मानिसको समूहले जोरसाङ्ङ्को  चोकमा गाईको पिसाब सेवन गरेका छन् ।
आयोजकहरुले भनेका छन् गाईको पिसाबले कोरोनाको नियन्त्रण गर्नेछ । गाईको पिसाबले कोरोनाको नियन्त्रणमा पहलकदमी शुरुवात गर्ने भनिएको हो ।
त्रिणमूल कांग्रेस र विपछि कांग्रेसको असमर्थन रहेको सो कार्यमा भारतिय बहुजन समाजवादी पार्टी (विजेपी) ले भने समर्थन जनाएको छ ।
उता कांग्रेसका प्रमुख उम्मेदवार मनोज चक्रवतिले राष्ट्रिय सभाले यस्ता असमान्य अन्धविश्वास समाजको लागि कुरिति भएको बताएका छन् ।
हुगली अमरबाग एरियामा पिसाब र गाईको गोबरले कोरोना भाइरस नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
स्थानिय प्रहरीले घटनालाई नजिकबाट नियालेको बताइन्छ ।
(स्रोतः वान इण्डिया डटकम)

 
 

ताजा खबर