ज्यादा चाउचाउ खानेलाई मुटु र क्यान्सर रोगको खतरा

२०७६ चैत ६ बिहीबार ०७:४३:०० मा प्रकाशित

आजकल तयारी चाउचाउ विश्वभरी नै हतारमा खान मिल्ने खाना हुनपुगेको छ । खाँदा मीठो हुने भएका कारण लाखौं मान्छे चाउचाउ किन्न मन पराउँछन् । २०१७ मा गरिएको सर्वेक्षण अनुसार चाउचाउका पारखीहरु चीन र अमेरिकामा मात्रै चार अर्ब भन्दा बढी छन् । चाउचाउ बजारमा छिटो पाइने खाजा हो । तर स्वादमा चखिलो मीठो भएपनि यो खाना नियमित खाईरहँदा जीवन नै जोखिममा पनि पर्नसक्ने यसबारे अध्ययन गरेका विज्ञहरुले औंल्याएका छन् ।

तयारी चाउचाउको शुरुवातमा “चिकेन रमिन” नामाकरण गरिएको पाइन्छ । अध्ययनले के देखाएको भने तयारी चाउचाउ नियमित खाने मानिसमा हृदयघात हुने,कहिलेकाहीँ मुटुको अचानक बढ्ने,उच्च रक्तचाप हुने र सधैं तयारी चाउचाउ मात्र खाईरहेमा अन्तत क्यान्सर नै हुनसक्ने बताईएको छ ।

 
चाउचाउमा के के मिसाईन्छ


प्रशोधन गरिएको चाउचाउमा चर्को नुन, चिल्लो, क्यालोरी मिसिएको हुन्छ । टेरिटरी–बुटयाल हाइड्रोक्युनिवोन (टिबिएसक्यू) भन्ने रसायन पनि मिसिएको हुन्छ । टिबिएचक्यूले खानालाई चिल्लो, टक्सिक मिसिएको बनाउँछ । तयारी खानामा यसको प्रयोग बढि मात्रामा हुने गरेको छ । यसको प्रयोग कस्मेटिक र परफ्युमा पनि हुने गरेको पाइन्छ । अमेरिकी फुड एडमिनिस्ट्रेसन (एफडिए) ले ०.०२% टिबिएसक्यू मात्र खानेकुरामा प्रयोग गर्न सुझाएको छ । 

मोनोसोडियम गल्टामेट (एमएसजी) अर्को टक्सिक पदार्थ हो, जुन तयारी चाउचाउमा मिश्रित हुन्छ । एमएसजीको प्रयोगले मानिसमा वजन बढाउने, मेटाबोलिक डिसअडर हुने र प्रजनन अंगमा न्यूरोटक्सिक असर हुने बताइएको छ ।

कुनै पनि तयारी चाउचाउ खानाले तपाईँलाई मृत्युको घाटमा त पु¥याउँदैन तर प्रशोघित खाना लामो सयसम्म खानाले स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइएको छ ।


तयारी चाउचाउले हृदयघातको खतरा

सन् २०१४ मा जर्नल अफ न्युट्रिसनको अध्ययनमा तयारी चाउचाउका कारण कार्डियो–मेटाबोलिक रिक्स, मधुमेह र कार्डियोभ्यासुलर रोग लाग्न सक्ने बताईएको छ । डा. हायुन सिन हावर्ड स्कुल अफ पब्लिक हेल्थले दक्षिण कोरियामा गरेको सर्वेक्षण अनुसार यस्तो रिपोर्ट तयार गरेको जनाएको छ । यो रिपोर्टमा चाउचाउ सेवनका कारण मानिसको स्वास्थ्यमा किन मुटु सम्वन्धि समस्या आउँछ र शरीरको वजन बढाउँछ भन्ने बारेमा स्पष्ट गरिएको छ । करिब ११ हजार व्यक्तिमा गरिएको अध्ययनमा १९ र ६४ वर्षका मानिस संलग्न थिए ।

चाउचाउ उपभोक्तामा महिला बढी

 चाउचाउ खानेमा पुरुष भन्दा महिलाको संख्या निकै बढी रहेको अध्ययनले देखाएको छ ।  आफ्नो शरीर स्लीम बनाईराख्न चाहने युवतीहरु नै सबैभन्दा बढी चाउचाउ खाने गर्छन् भनी अध्ययनमा औंल्याईएको छ ।

के खाए ठीक

चाउचाउको उपभोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने निष्कर्षमा पुगेका अनुसन्धाताहरुले परम्परागत खानाहरु जस्तै भात, माछा, तरकारी, फलफूल तथा आलु खान सुझाएका छन् । उनीहरु पराम्परागत खानाले मानिसमा उच्च रक्त चाप बढाउँदैन भन्नेमा ढुक्क देखिन्छन् ।

 चाउचाउ पचाउनै गाह्रो

अर्को एक अध्ययनले चाउचाउ मानिसको शरीरमा सजिलोसँग पचाउन गाह्रो हुने बताईएको छ । वैज्ञानिकहरुले चाउचाउ खाएको मानिसको पेटमा सुक्ष्म क्यामरा पनि राखेर अध्ययन गरेको दावी गरेका छन् । खाना खाए अनुसार चाउचाउ पच्न गाह्रोे हुने उनीहरुको तर्क छ । चाउचाउका पारखिहरुको लागि यो निकै दुखको खबर हो । तर घरेलु चाउचाउको प्रयोग शरीरमा तयारी चाउचाउ भन्दा पचाउन सजिलो हुने देखिन्छ ।

म्यासाच्युसेट्स जेनरल हस्पिटलका डा.ब्राडेन भन्छन्,“तयारी चाउचाउ मानिसको स्वास्थ्यका लागि धेरै कुरामा हानिकारक छ ।” डा. क्यूले मानिसको आन्द्रामा र सम्पूर्ण शरीरमा तयारी चाउचाउ ढिलो पच्ने बताउँछन् । (एजेन्सीको सहयोगमा) 

ताजा खबर