हात पछि मिलाउँला अहिलेलाई नमस्ते, यस्तो रहस्य छ नमस्तेको 

२०७६ फाल्गुण २६ सोमबार १३:३८:०० मा प्रकाशित

यतिबेला संसारभरी कोरोना भाइरसले कोलाहल नै मच्चाएकोछ । मानिसहरु सबैकुरा त्यागेर जीवन रक्षाको खोजीमा चिन्तित भएका छन् । औषधि, स्वास्थ्य उपकरण र सतर्कताका सामग्रीहरु बजारमा पाईन छाडेपछि सबैलाई अत्यासले गाँजेको छ । यता नेपालमा भने कोरोनाको भाइरसबाट सतर्क रहन भनेर नमस्ते गर्ने अभियान नै चलेको छ । साथीभाई भेट हुनासाथ हात मिलाउने या अंकमाल गर्ने चलनको साटो नमस्ते गरेर एकअर्कालाई अभिवादन गर्न थालिएको छ । यसै सन्दर्भमा नमस्तेको अरु के कस्ता महत्व छन् भन्ने बारेमा एक रोचक सामग्री हो यो, पढौं र लाभ उठाऔं –

नमस्ते को अर्थ ?

नमस्कार को अर्थ के होला ? योगा विशेषज्ञ अदिल अल्खिभाला नमस्कारको अर्थ खोज्दै विश्लेषण गर्छन् ।

नमस्कार केलाई भनिन्छ ?

बिशेषत योग शिक्षकले सधैं नमस्कार गर्दै आएका छन् । यस शब्दको आगमन संस्कृतबाट भएको मानिँदै आइएको छ । मानिसको आत्मा भएको शक्ति केन्द्र जुन मुटु चक्रमा रहेको हुने गर्छ  त्यहाँबाट सम्बोधन हुने संकेतलाई हामी नमस्कार भन्ने गर्दछौं । वास्तवमा यसलाई आत्माको संकेत पनि भन्न सकिन्छ ।

नमस्तेको परिभाषा

नम भनेको झुकाव हो । स् भनेको म हो । ते भनेको तिमी हो । त्यसकारण नमस्ते भनेको मेरो तिमी प्रतिको झुकाव हो ।

नमस्तेको संकेत के हो ?

मुटुको चक्र जस्तै दुई हात जोडेर हामी नमस्ते गर्छौ । पहिले आँखा चिम्म हुने गर्छ । त्यसपछि हाम्रो शिर निहुरिन्छ । मानिसको तेस्रो आँखा अगाडि हात ठडिन्छन् र मुटु तल हातका औँला पुग्ने गर्छन् ।

यो एक किसिमको गहिरो आदा हो नमस्ते । मानिसलाई संकेत दिनको लागि नमस्ते दुनियाँभर गरिँदै आइएको छ । पूर्वीय देश जस्तै भारतमा नमस्ते गरेपछि शिरले केही बोल्नु नै पर्दैन ।

मुटु चक्रको जस्तै हात जोड्नु भनेको अगाध प्रेम गर्नु हो । शिर निहु¥याउनु र आँखा बन्द गर्नु त्यसै पनि मष्तिस्क र मुटुको मिलन हो । मानिसले नमस्ते गर्नु ध्यान गर्ने उत्प्रेरणा हो पनि भन्ने गरिएको छ । नमस्तेको कुनै दुई व्यक्तिलाई नजिक्याउन प्रभावकारिता रहन्छ । कुनै विद्यार्थी र शिक्षकबीचको सम्बन्ध विकास गर्न यसको भावनात्मक सम्बन्ध रहेको बताइन्छ । मानिस बीचको गहिरो चिन्तन, हृदय, मष्तिस्क र आत्माको मिलन नै नमस्ते हो ।

नमस्ते गर्ने समय

नमस्ते गर्ने समय कक्षा कोठाको अन्त्य र शुरुवातको समयलाई लिइन्छ । यसले कक्षा कोठाको समयलाई शान्त, सक्रिय र उत्साहले भरिपूर्ण बनाउँछ ।
शिक्षकको मन विद्यार्थीको सधैं नमस्ते गर्ने शैलीले कृतज्ञता र सम्मान पाएको महशुस हुनेगर्छ । यसकारण विद्यार्थीले सधैं ज्ञान र सत्यता पाउने गर्छन् ।

  आदिल पाल्खिभालाले योग ७ वर्ष देखि सिक्न थालेका हुन् । त्यस बेला उनी बि.के.एस लेन्गारसँग सिक्ने गर्दथे । त्यसपछि ३ वर्ष पछि उनी श्री अरुबिन्दोसँग योगा सिक्न थाले । २२ वर्षको उमेरमा उनले योगाको शैक्षिक प्रमाणपत्र पाए । हाल उनी बेलेभ्यु, वासिङ्गटन र कलेज अपल पुर्न योगका संस्थापक निर्देशक छन् । नादिल अहिले स्वास्थ्य विज्ञान प्राकृतिक चिकित्सक र क्लिनिकल हिप्नोथेरापिस्ट रहेका छन् । उनी सिहात्सु र स्विडिस शरीर थेरापीको कानूनी सल्लाहकारको रुपमा कार्यरत रहेका छन् । उनलाई मष्तिस्क, शरीर र शक्ति सन्तुलनको बारेमा सार्वजनिक वक्ताको रुपमा पनि चिनिन्छ ।
 

ताजा खबर