नेकिया कम्पनिले 5G सेवा सञ्चालन गर्न नसक्दा प्रमुख सञ्चालकको राजिनामा
विश्व बजारमा 5G को हल्ला चलिरहेको बेला नयाँ प्रविधि अनुरुप नोकिया कम्पनिको विस्तार नभएको भनि यसका प्रमुख कार्यकारीले राजिनामा दिने बताइएको छ ।
बहुराष्ट्रिय कम्पनि नोकियाको फिनल्याण्डमा रहेको कार्यलयले प्रमुख कार्यकारी अधिकृत राजिव सुरीले अगस्टमा कम्पनी समक्ष राजीनामा दिने बताएको छ । उनको सट्टामा फिनलेण्डमा रहेको उर्जा कम्पनि फोटर्मका अध्यक्ष वा प्रमुख कार्यकारीणी पेका लण्डमार्क आउने भएका छन् ।
विश्व प्रतिष्पर्धामा हुवावे र इरिकसन पछि नोकियालाई तेस्रो ठूलो कम्पनिको रुपमा लिइँदै आइएको छ ।
अमेरिका, अष्ट्रेलिया र युरोपभरी चीनका कम्पनीको धेरै नै प्रतिष्पर्धा रहेता पनि नोकिया कम्पनीको दुरसञ्चार क्षेत्रमा उल्लेखनिय भूमिका रहेको पाइएको छ । खासगरि इन्टरनेट र वायरलेस क्षेत्रमा नोकियाले गतिलो फड्को मारेको बताइन्छ ।
कम्पनिको शेयर २०१९ को मार्चमा मा ४६% घटेको र नयाँ कार्यकारीणी पेका आएपछि यसको 5G सेवा सुचारु हुने कम्पनीले बताएको छ ।
(स्रोतः सिएनएन)