नेकिया कम्पनिले 5G सेवा सञ्चालन गर्न नसक्दा प्रमुख सञ्चालकको राजिनामा 

२०७६ फाल्गुण २६ सोमबार ०९:००:०० मा प्रकाशित

विश्व बजारमा 5G को हल्ला चलिरहेको बेला नयाँ प्रविधि अनुरुप नोकिया कम्पनिको विस्तार नभएको भनि यसका प्रमुख कार्यकारीले राजिनामा दिने बताइएको छ ।

बहुराष्ट्रिय कम्पनि नोकियाको फिनल्याण्डमा रहेको  कार्यलयले प्रमुख कार्यकारी अधिकृत राजिव सुरीले अगस्टमा कम्पनी समक्ष राजीनामा दिने बताएको छ । उनको सट्टामा फिनलेण्डमा रहेको उर्जा कम्पनि फोटर्मका अध्यक्ष वा प्रमुख कार्यकारीणी पेका लण्डमार्क आउने भएका छन् ।

विश्व प्रतिष्पर्धामा हुवावे र इरिकसन पछि नोकियालाई तेस्रो ठूलो कम्पनिको रुपमा लिइँदै आइएको छ ।

अमेरिका, अष्ट्रेलिया र युरोपभरी चीनका कम्पनीको धेरै नै प्रतिष्पर्धा रहेता पनि नोकिया कम्पनीको दुरसञ्चार क्षेत्रमा उल्लेखनिय भूमिका रहेको पाइएको छ ।  खासगरि इन्टरनेट र वायरलेस क्षेत्रमा नोकियाले गतिलो फड्को मारेको बताइन्छ ।

कम्पनिको शेयर २०१९ को मार्चमा मा ४६% घटेको र नयाँ कार्यकारीणी पेका आएपछि यसको 5G सेवा सुचारु हुने कम्पनीले बताएको छ ।
(स्रोतः सिएनएन) 

ताजा खबर