ट्‍वीटरमा अब दुई सय ८० शब्द  

२०७४ असोज २९ आइतबार १७:२६:०० मा प्रकाशित

काठमाडौं । ट्वीटरमा रहेको एक सय ४० क्यारेक्टर शब्द लिमिटेशन अन्त्य हुने भएको छ । कम्पनीले अबको केही समयमै अहिले रहेको क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० बनाउने तयारी थालेको छ । यसका लागि कम्पनीले अहिले परीक्षण गरी रहेको जनाएको छ ।

ट्वीटर एउटा बाउन्ड्री भित्र रहेर त्यसमार्फत् अर्थपूर्ण कुरा व्यक्त गर्ने माध्यमको रुपमा परिचित छ । यही विशेषताले फेसबुक र इन्स्ट्राग्रामभन्दा टुइटरका प्रयोगकर्तामाझ महत्व बढ्दै गएको हो ।

प्रयोगकर्ताको गुनासोलाई ध्यान दिँदै ट्वीटरले एक सय ४० क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० को सीमा तय गर्न लागेको हो।

   

ताजा खबर