दीपिकाको पेरिस फेसन विक, कोरोना भाइरसको कारण क्यान्सिल

२०७६ फाल्गुण २१ बुधबार १०:१०:०० मा प्रकाशित

फ्रान्समा भएको पेरीस फेसन विक महोत्सवमा यसपाली दिपिकाले भाग लिन पाइनन् कारण थियो कोरोना भाइरसको फैलावट । लक्जरी फ्यासन ब्राण्ड “लुइ वितो” को निमन्त्रणामा  २४ फेवु्रअरी र ३ मार्च सम्म हुने महोत्सवमा उनको यात्रा असफल रहेको बताइएको छ ।

उनको आधिकारीक प्रवत्ताका अनुसार दिपिका फ्रान्सको राजधानी पेरिसमा चल्ने एफ २०२० मा भाग लिन उत्सुक रहेको तर अन्तिम समयमा कोरोनाको कारण उनको यात्रामा फेरबदल गरिऐको बताइएको छ ।

दिपिकाको नयाँ चलचित्र
दिपिकाको नयाँ फिल्म “८३” बजारमा आउने भएको छ । यसमा ख्यातीप्राप्त भारतीय क्रिकेट खेलाडी कपिलदेवकी श्रीमती रोमी देवको भूमीका रहने बताइएको छ । त्यस्तै २०२१ मा अंग्रेजी हास्य चलचित्र “द रिमेक”को हिन्दी संस्करण बजारमा आउने छ त्यहाँ उनी ऋषि कपुर सँग भूमिका निभाउने छिन् ।
(स्रोतः दैनिक भाष्कर)

ताजा खबर