कोरोना भाइरसको कारण फेसबुकको अन्तराष्ट्रिय बैठक प्रतिबन्धित

२०७६ फाल्गुण १९ सोमबार ११:११:०० मा प्रकाशित

फेसबुकले बिहिवार बस्ने आफ्नो वैठक एफ ८ नोबल कोरोना भाइरसको कारण नहुने बताएको छ ।  

कम्पनिले आफ्नो कामदारहरुलाई कोरोनाबाट जोगीन र स्वस्थ्य रहन सुझाव दिएको छ । कोरोनाको कारण कार्यक्रम शरु गर्न गाह्रो रहेको बताइएको छ । एफ ८ मा फेसबुक डेटिङ्ग, हाइडिङ्ग लाइक टेष्ट गर्ने, इन्स्टाग्राम, फेसबुकको लोगो कसरी डिजाइन गर्ने, मोबाइल ए्याप र वेभसाइट सम्बन्धी फिचर र प्रोडक्टसहरु समावेश हुने बताइँदै आइएको थियो ।

यसै महिनाको पहिलो साता पनि फेसबुकको एफ ८ सम्मेलन क्यालिफोर्नियामा आयोजना हुने बताइए पनि अन्तमा रोकिएको थियो । यस्तै सान फ्रान्सिस्कोमा हुने भनिएको एफ ८ को अर्को सम्मेलन कोरोना कै कारण नहुने भएको छ ।

विश्वभर कोरोनाको संक्रमण भएका विरामीको अनुपात ८२,००० रहेको छ । अमेरिकामा कारोना भाइरसको संक्रमणको कारण बैठक पर सरेको भनिएको छ । 

एप्पल र माइक्रोसफट कम्पनीको मार्केट चिनमा नराम्ररी प्रभावित भएको छ ।
(स्रोतः सिएनएन)
 

ताजा खबर