प्लाष्टिक प्रदुषण हटाउन सिक्किममा पर्यटनका लागि बाँसका बोतल प्रचलनमा ल्याइने

२०७६ फाल्गुण १९ सोमबार ०९:३४:०० मा प्रकाशित

शान्त शहर सिकिम्ममा पर्यटकको लागि भनेर बाँसबाट कुदिँएका बोतलहरु बजारमा प्रयोगमा ल्याईने प्रकाशमा आएको छ । 

खासगरी बजारमा आउने यसप्रकारका बाँसबाट बनेका बोतलले, प्लाष्टिकका बोतल र अन्य पानीको लागि प्रचलनमा आउने भाँडाकुडा विस्थापनमा केही सहयोग मिल्ने छ भन्ने विश्वास गरिएको छ ।

सिक्किमको लाचेनमा नयाँ बासँको भाँडाले बजारमा प्रचलनमा रहेको प्लास्टिकको बोतल हटाउने लक्ष्य बोकेको मानिएको छ ।

सिक्कीमका हिमाली भेगमा घुम्न आउने पर्यटकको नजरमा बाँसका भाँडाको प्रचलन नयाँ स्वादको हुनेछ । यस किसिमको उपाय पर्यटक वृद्विको लागि नै लक्षित रहेको छ । 
 

“पर्यटनका लागि प्लाष्टिकका बोटल त्यागौं” नारा बोकेर स्थानीय बजारमा शुरु भएको काम आसम हुँदै सिक्कीममा प्रवेश पाएको राज्य सभाका मुख्यमन्त्री हिशे लाचुंग्पा बताउँछन् ।

यसअघि १९९८ मा सिक्किम सरकारले बाँसका बोटल बजारमा प्रचलनमा ल्याउने लक्ष्य राखेको थियो । २०१६ मा स्थानीय सरकारले प्लाष्टिकमा प्रयोगमा आउने सबै भाँडाकुँडामा रोक नै लगाएको हो ।

सिक्किमको पर्यटकीय नगरी लाचेनमा पर्यटक आउने सवारी साधनमा पनि प्लाष्टिकका बोतलमा रोक लगाउँदै आइएको छ ।
शुरुमा कम मात्रामा भए पनि स्थानीय अधिकारीहरुले १,००० वटा बाँसको बोतल बजारमा आवश्यक भएको माग राखेका छन् ।
प्लास्टिकका बोतलमा रोक लगाइएपछि विस्कुटका खोल र पातला वेफरमा पनि स्थानिय सरकारले ध्यान पु¥याउने बताइएको छ ।
 
यस किसिमको सरकारको कदमले पर्यावरण सफा रहने र पर्यटनमा पनि टेवा पुग्ने बताइएको छ ।
(स्रोतः इण्डिया टाइम्स डट कम)
 

ताजा खबर