यति सूचना गोप्य नराखे मानिस समाप्त हुनसक्छ

२०७६ फाल्गुण १४ बुधबार १७:५३:०० मा प्रकाशित

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन्  । उनको जीवन दर्शन पूर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दर भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तिनै महान व्यक्तिले भनेका जीवनमा गोप्य राख्नुपर्ने केही महत्वपूर्ण पक्षहरु यस्ता छन्-

गोप्य राख्नुपर्ने पहिलो कुराः

चाणक्य नीतिका अनुसार पुरुषले गोप्य राख्नुपर्ने पहिलो कुरा धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । उनका अनुसार धन सम्बन्धी मामलामा कसैसँगपनि कुरा खोल्नु हुँदैन। समाजमा गरिव व्यक्तिलाई सजिलै धन प्राप्त नहुने भएका कारण सदा धन सम्बन्धी कुरा गोप्य राख्नुपर्नेछ।

गोप्य राख्नुपर्ने दोस्रो कुराः

 
उनले दोस्रो कुरा आफ्नो दुःख अरुको अगाडि नभन्न भनेका छन् । आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि नभन्नुनै बुद्धिमानी हुने उनको राय छ । आफ्नो दुःख अरुलाई सुनाउँदा दुनियाँले मजाकमात्र उडाउने उनको भनाई छ।

गोप्य राख्नुपर्ने तेस्रो कुराः

 
उनले गोप्य राख्नुपर्ने तेस्रो कुरामा गृहिणीको चरित्र बताएका छन् । आफ्नी श्रीमतिसँग जोडिएका हरेक कुरा गोप्य राख्नुपर्ने उनले सुझाव दिएका  छन् । आफ्नो घर परिवारको आन्तरिक कुराहरु दुनियाँले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्ने तर्फ उनले सतर्क गराएका छन् ।

गोप्य राख्नुपर्ने चौथो कुराः

 
जीवनमा कुनै नीच व्यक्तिले आफूलाई गरेको अपमान बारे पनि कसैसँग चर्चा नगर्न चाणक्यको सुझाव छ । त्यस्तो कुरा जीन्दगीभर कसैलाई नभनी गोप्य राख्नुपर्ने सुझाव चाणक्यले दिएका छन् । यस्तो कुरा अरुले थाहा पाए मजाक उडाउने उनको तर्क छ ।

ताजा खबर