प्रियंकाको चुम्बन चर्चा 

२०७४ असार ४ आइतबार १४:१०:०० मा प्रकाशित

 काठमाडौं, ४ असार ।  केही वर्ष अघिसम्म नेपाली चलचित्र उद्योगमा नायकले नायिकालाई अँगालो मार्दा पनि कुरा काट्ने चलन थियो । अब जमाना फेरिएकोछ । अहिले खुलेआम जे गर्दा पनि हुन्छ । चर्चा पाउनको लागि जसले जस्तो हतकण्डा अपनाउँदा पनि केही फरक पर्दैन । 


यस्तै चर्चा पाएको एउटा घटना हो गत शनिवार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ । त्यहाँ चलचित्र ‘छक्का पन्जा’बाट नायिका प्रियंका कार्कीले ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड हात पारिन । अवार्ड पाएपछि उनमा खुशीको सिमा थिएन ।  खुशीले सीमा तोडेपछि उनी अवार्ड लिएर आफ्नो प्रेमी आयुष्मान देशराज बसेको स्थानमा उफ्रँदै पुगिन् ।  आयुष्मानसँग उनकी आमा बैंकर रविना देशराज, भाई आशिरमान देशराज पहिलेदेखि नै त्यहाँ बसेका थिए ।


नायिका कार्की पनि देशराज परिवारसँगै थिईन । अवार्ड पाउने बित्तिकै स्टेजबाट प्रियंका झरेकी मात्र के थिइन प्रेमी आयुष्मानले उनलाई बधाई दिँदै अँगालोमा बेरिहाले । त्यतिलेमात्र नपुगेर उनलाई सायद खुशी अझै साट्न मन लागेछ क्यारे । त्यहाँ उपस्थित दर्शकतिर कतै नहेरीआयुषमानले प्रियंकालाई जुरुक्कै बोके अनि उनको ओठमा चुम्बन गरिदिए । दर्शकले पनि यो दृश्य नदेखे झैं गरिदिए । अनि उनीहरु त्यहाँबाट बाहिरिए । तर चुम्बन चर्चा भने धेरैबेसम्म चलि नै रह्यो । 

ताजा खबर