सनी हिन्दुस्तानी बने इन्डियन आइडल: बुटपालिस देखि चर्चित गायकसम्मको रोचक यात्रा

२०७६ फाल्गुण १२ सोमबार १५:१६:०० मा प्रकाशित

भारतीय टेलिभिजन च्यानल सोनीद्वारा प्रसारित बहुचर्चित रियालीटी शो इन्डियन आइडलको उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। आइतबार मध्यरातमा भएको फाइनलमा रोहित राउतलाई पछि पार्दै ११ औं संस्करणको इन्डियल आइडलको उपाधि जितेका हुन्।

उपाधिसँगै सनीले २५ लाख भारतीय रूपैयाँ, कार र टी सिरिजमा गीत गाउने अवसरसमेत पाएका छन्। फस्ट रनरअप रोहित राउत र सेकेन्ड रनरअप अंकोना मुखर्जीले समान ५-५ लाख रूपैयाँ पाए।

यस्तै तेस्रो रनरअप अद्रिज घोष चौथो रनरअप रिधम कल्याणले समान ३-३ लाख भारतीय रूपैयाँ पाए ।

 

ताजा खबर