प्रधानमन्त्री ओलीको 'नेपाल केक' : यती समूहका अध्यक्षको उपहार

२०७६ फाल्गुण १२ सोमबार १२:५६:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मोत्सव मनाउन काटेको 'नेपाल केक' को रहस्योद्घाटन भएको छ। ओलीकै बालुवाटार किचेन क्याविनेटका एक सदस्यका अनुसार केक यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले सौजन्य गरेका हुन्। उनका अनुसार शेर्पा आफ्नै स्वामित्वको एयर अल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए।

शेर्पाले लगेको 'नेपाल केक' १५ किलोको थियो । उनीसँगै नेपाल ट्रष्टका सदस्य सीताराम सापकोटा पनि थिए। सापकोटा ट्रष्टको सम्पति यतिलाई लुटाउने सूत्रधार मानिन्छन्।

ओलीको यति कनेक्सन जगजाहेर नै छ। उनी यतिका लागि जे गर्न पनि तयार हुन्छन् । नेपालकै नक्साको केक काट्न पनि तयार हुनु त्यसैको एक ज्वलन्त प्रमाण हो । ओली किचेन क्याविनेटका ती सदस्यले पनि नेपाल केक काट्ने कुरा सही नभएको बताए। तर, लाचार हुँदै उनले भने, 'यती अगाडि हामी निरीह छौैं ।'

प्रधानमन्त्री ओलीले आफ्नो जन्मघरमा ६९औं जन्मदिन मनाउँदा नेपाल केक मात्र काटेनन्, राष्ट्रको ढुकुटीको लखनउ लुट पनि मच्चाए। करिव ६ हजारलाई भोज खुवाइयो। त्यत्रो आयोजनाका लागि स्थानीय आठराई गाउँपालिकाले ठूलो स्रोत लगानी गर्यो। हेलिप्याडसम्म बनाइयो ।

प्रधानमन्त्री ओलीको यो राजसी जन्मोत्सवले एक हैन अनेक प्रश्न उब्जाएका छन्। प्रदेश प्रमुखहरूको सहभागिता, पार्टी आचारसंहिता, राष्ट्रिय ढुकुटीको दोहन, कम्युनिष्ट आचार र चरित्र अनेकको एकैसाथ लाञ्छित र निम्सरा भएका छन्। 

उनको सवारी नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले चलायो। उनको जन्मोत्सव मनाउन संघीय सरकारका तीन मन्त्री वसन्त नेम्बाङ,भानुभक्त ढकाल र विना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अर्को हेलिकोप्टरमा सवार थिए । 

प्रधानमन्त्री ओलीको यो राजसी जन्मोत्सवले एक हैन अनेक प्रश्न उब्जाएका छन्। प्रदेश प्रमुखहरूको सहभागिता, पार्टी आचारसंहिता, राष्ट्रिय ढुकुटीको दोहन, कम्युनिष्ट आचार र चरित्र अनेकको एकैसाथ लाञ्छित र निम्सरा भएका छन्। 

 www.breaknlinks.com ले लेखेको छ- उनको यो जन्मोत्सवलाई लिएर आमजनतामा रोष देखिएको छ। उनका पार्टी कार्यकर्ता पनि बचाउमा आउँन सक्ने अवस्था छैन। केही हनुमानहरू नुनको सोझो गर्न कुतर्क गरेर आफूलाई दासको कित्तामा उभ्याइरहेका छन्। 

ताजा खबर