हिन्दी कथानक चलचित्र “ब्रम्हास्त्रमा” दिपिका रणबीर कपुरको अभिभावकको भूमिका निभाउने

२०७६ फाल्गुण ११ आइतबार १०:१८:०० मा प्रकाशित

रणबीर कपुर,अलिया भट्ट र अमिताभ बच्चन चलचित्र ब्रम्हास्त्रको पात्रहरुको नाम समाचारमा छाउन थालेका छन् । हिन्दी कथानक चलचित्र “ब्रम्हास्त्र”लाई नयाँ नाट्य रुपान्तरणको रुपमा लिइएको छ । चलचित्रमा दिपीका पादुकोण, रणबीरको अभिभावकको रुपमा भूमिका निभाउँछिन् ।

पिकवालामा छापिएको सन्देशमा चलचित्रमा तीन जना पात्रको प्रेम सम्बन्धको बारेमा छायाङ्कन गरिएको छ । फिल्म कहानीको मज्जा हाल्फ टाइम पछि अझ बढि हुने बताइएको छ ।

हिन्दी कथानक चलचित्र “ब्रम्हास्त्रमा” कलाकारहरु नार्गजुन अक्किनेनी, मौनी रायको भूमिका पनि जोडदार रहको पाइएको छ । फिल्म हिन्दी, तामिल, मलायम, तेलगु र कन्नइ भाषामा आउने बताइएको छ भने लागत भारु १५० करोड रहेको बताइएको छ । लगानी कर्ताको अनुसार डिसेम्बर ४ बाट चलचित्र हलहरुमा प्रदर्शनमा आउने भनिएको छ ।
एजेन्सी
 

ताजा खबर