मानसिक स्वास्थ्यको लागि स्मार्टफोनको अनुचित प्रयोग नराकात्मक हुने, रिस बढि उठ्ने

२०७६ फाल्गुण ८ बिहीबार १८:१२:०० मा प्रकाशित

मोबाइलको बढ्ता प्रयोगले मानिसको आँखाको दृश्य देख्ने क्षमतामा ह्रास आउने कुरा सबैलाई थाहा भएको कुरो नै हो । यद्यपी हालै मात्र क्यानडा मेडिकल एसोसिएसनले तयार पारेको खोजको अध्ययनमा भनिएको छ खासगरि वयस्क केटाकेटीमा स्मार्टफोनको बढ्ता प्रयोगले उनीहरुको मस्तिष्कमा नकारात्मक प्रभाव पार्ने बताएको छ । सोधमा बालबालिकाले मोबाइलमा खेल्ने गेमको बारेमा भने केही जनाएको छैन ।

द हस्पिटल अफ सिक चिल्ड्रेनका अनुसार आफ्ना केटाकेटीको जिम्मा अभिभावक तथा शिक्षक दुवैले लिनुपर्नेमा जोड दिएको छ । उनीहरु वरीपरिको समाजमा कहाँ घुलमिल हुन्छन? क्याम्पसमा उनीहरुको समय कसरी बित्छ ? अनलाइनमा कती समय खर्च गर्छन ? सबै चासोको विषय रहेको बताइएको छ ।

आजको बालबच्चाको लागी डिजिटल प्रविध अपुरीणय 
एक अध्ययनकर्ताका अनुसार सामाजिक सञ्जालको अत्याधिक प्रयोगले विद्यार्थीलाई नकारात्मक असर गरेको हुन्छ । अध्ययनकर्ता एबीको अनुसार स्मार्टफोनको धेरै प्रयोगले  बालबालिकालाई बढि रिस उठ्छ । साथै उनीहरुको मानसिक स्वास्थ्यमा पनि प्रतिकुलता आउने निश्कर्ष उनले निकालेका छन् ।
आजको युवापीडी आफूले चलाउने गरेको मोबाइल फोनमा सधैं नै लिप्त हुने गरेका छन् । अबको युगमा यूवाहरु धेरै नै प्राविधिक भएका छन् । मोबाइलमा नै साथीसँग कुराकानी, भावना साटासाट गर्ने गर्छन । पछिल्लो अध्ययन अनुसार अमेरिकामा ५४% वयस्क स्मार्टफोनको प्रयोग गर्छन सोधका अनुसार उनीहरु आफू स्मार्ट फोनको प्रयोग कसरी कम गर्ने भन्नेबारे सोच्न थालेको बताइएको छ ।
एजेन्सी
 

ताजा खबर