“प्यारासाइट” ले दिएको खुशीबाट एशियाली दंग 

२०७६ फाल्गुण १ बिहीबार १०:५४:०० मा प्रकाशित

एसियाको सुखद दिन मान्नुपर्छ, आज विश्वमा जति पनि सिने चलचित्र निर्माण भएका छन् । त्यहाँ चलचित्र निर्माताहरुले धेरै नै मेहेनत गरेका छन् । उनीहरुको कला कौशल,, काम प्रतिको अटुट निश्चय र अथक लगाव सधैं प्रेरणादायी रहेका छन्  ।

 दक्षिण कोरियाली हास्य थ्रिलर “प्यारासाइट” चर्चित निर्देशक बोङ्ग जोङ्ग हो द्वारा निर्देशित चलचित्र हो । यस चलचित्रले ओस्कार छनोटमा हलिउड सिने जगतलाई तोड्दै वेस्ट पिक्चर, वेस्ट डिरेक्टर, वेस्ट ओरिजिनल स्क्रिनप्ले र वेष्ट इन्टरनेसनल फिचर फिल्मको खाता खोल्न सफल भएको छ । 

चलचित्रको कथा दुई गरिब र धनी परिवारको अन्तरद्वन्द माथि निहीत रहेको छ । त्यस्तै अघिल्लो वर्षमा क्यान फिल्म महोत्सवमा अर्को दक्षिण एसीयाली चलचित्र छनौटमा पर्दै धेरै धनराशीको पाल्म डी पाउन सफल रहेको थियो । ओस्कार नोमिनेसनमा प्यारासाइटले ६ वटा पुरस्कार हासिल गरेको छ । नर्थ अमेरिका, युरोप, एसिया र मध्यपूर्वका ५७ चलचित्र महोत्सवमा यसको स्थान ५५ औं स्थानमा रहन सफल रहेको बताइएको छ । 

त्यसो त निर्देशक बोंगले बेस्ट ओरिजनल स्क्रिीनप्ले अवार्ड पाउनुका साथै अमेरिकी राइटर ग्युल्ड अवार्ड र ब्रिटीश एकाडेमी अफ फिल्म र टेलिभिजन अवार्ड पनि हासिल गरेका  छन् ।

एसिया जर्नलिस्ट एशोसिएन (आजा)ले बोंग जोन होको सफलता र एसियाली चलचित्र क्षेत्र र विशेषगरी दक्षिण कोरियालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । आजाका सदस्यमा एसियाका सिने कलाकारिता क्षेत्रको विविधता उल्लेख छ । उनीहरु सांस्कृतिक रुपमा एसिया महादेशको कलाकारिता क्षेत्रमा रहेको बहुलवाद, साक्षरता र कलाकौशललाई प्रतिबिम्बित गर्दै बोंग जोन हो र उनको टोलीको उपलब्धिलाई फेरिपनि विशेष बधाई दिन चाहन्छन् ।

गत वर्ष पनि चलचित्र निर्देशक बोंग जोन हो को कार्यकौशलता र एसियाली कोरियन चलचित्र सिने क्षेत्रमा उनको सफलतालाई आजाले स्वागत गरेकै हो । बोंग जोगको बारेमा केही लेख्दा उनी एक सफल निर्देशक हुन् । उनले आफ्नो ओस्कारमा छनौट भएको “प्यारासाइट” चलचित्रमा दुई भिन्न समाजमा भएको परिवारको विषयवस्तुमा आधारित कथा छायाङ्कन गरेका छन् । चलचित्रले परम्पराहरुलाई तोड्दै समाजमा रहेका मानिसहरुको आर्थिक सामाजिक परिस्थितिको कारण सदस्यहरुमा भएको धुर्वीकरणको बारेमा विषयवस्तु उठान गरिएको पाइन्छ । 

त्यसो त एसियाली नाटकका एकांकीहरुमा कहिले नथाक्ने र सधैं एकोहोरिने राजनीति, आर्थिक, लैंगिक, वर्ग र धर्मका विषयवस्तुको उठान बढि हुने गरेको पाइएको छ । “प्यारासाइट” चलचित्रले एसियाका गरिब तथा धनीबीचको असाधारण सम्बन्ध, उनीहरुमा लागेको कलंक,द्वन्द र आतंकलाई विभिन्न पात्र मार्फत उजागर गरेको छ । आजाले अन्तर्राष्ट्रिय समुदायमा एसियाली संस्कृतिलाई सधैं आत्मसात गरेको छ । एसियाली मुलुकहरुको सभ्यता, कला र संस्कृतिलाई पहिचान गर्नु यसको मूल उद्वेश्य हो ।
 

ताजा खबर