मनमोहक छ जेजुको प्राकृतिक सौन्दर्य

२०७६ माघ २९ बुधबार ११:५१:०० मा प्रकाशित

दक्षिण कोरियाको जेजु प्रायद्वीपका सामुद्रिक किनारामा रहेका होटलहरु सधैंभरि भराउ देखिन्छन् । त्यहाँको आन्तरिक पर्यटनमा सामुद्रिक चट्टान र टापुमा ठोक्किँदै फर्किने सामुद्रिक छाल र चिसो हावाले स्थानीय ठूलठूला होटलमा पर्यटकलाई सधैं आकिर्षित गरिरहेका छन् । 

जेजुमा पर्यटकहरुकै लागि भनेर गुफा,सङ्ग्रहालय र खाद्यान्न बजार पनि खुलेका छन् ।  त्यो त दक्षिण कोरियाको यस प्रायद्वीपकोबीचमा प्राकृतिक छटाले भरिपूर्ण झरना, सामुद्रिक तट, डरम्यान्ट ज्वालामुखी भएको अग्लो हिमाल पनि आकर्षणको केन्द्र बनेको छ । कोरियन टापुको करिब ६४ किलोमिटर पर दक्षिणी भूभागमा जेजुको आफ्नै रमणीय पार्क, बगैँचा र संस्कृति लिएर अवस्थित छ ।  

जेजु प्रायद्वीपको राजधानी जेजु शहर हो । जेजु शहरको वस्तुस्थिति र सौन्दर्य त्यहाँ भएका चट्टान, हावा र हानेएउ हुन् । हानेएउ नारी सामुद्रिक साधन चालक हुन्,  मानिसहरु चट्टान चढ्न मन पराउँछन् तर जेजुमा बहने हावाको चाप धेरै नै तागतवर हुन्छ ।  दोलहारुब्याङ्ग जेजुको ढुङ्गाहरुको मुर्तिको छुट्टै नमूना हो । मानिसलाई सामुद्रिक किनाराका लहरमा पौडिन वा सर्फिङ्ग गर्न त्यहाँको चल्ने स्वच्छ हावाले उत्प्रेरणा दिन्छ । त्यसो त सामुद्रिक छालको कारण पनि मानिसलाई समुद्रमा सर्फिङ्ग गर्न मज्जा नै आउने गर्दछ । 

हानेएउको जेजुमा छुट्टै स्थान रहेको छ । उनीहरु सामुद्रिक तटका व्यवसायिक पेसाकर्मीहरु हुन् । उनीहरुको काम समूद्रमा माछा मार्नु र अन्य सामुद्रिक खानाहरु तयार बनाउनु हो । अभिजात वर्ग,मध्यम वर्ग र निम्न वर्ग गरी उनीहरुलाई तीन तहमा विभाजन गरिएको छ । 

हानेएउको काम सामुद्रिक पानीको गहिराईमा पुगी आफ्नो स्वासप्रश्वास रोक्नु रहेको छ ।  १९७० यता स्थानिय सरकारले ती महिलाहरुको हकहितको लागि केही कदम चाल्न शुरु गरेको पनि हो । प्रत्येक वर्ष उनीहरुलाई समुद्रमा लाउने स्वीमसुट र औषधी उपचारको लागि प्रश्रय दिइएको बताइयो । तरपनि हानेएउको संख्या जेजुमा प्रत्येक वर्ष घट्दो क्रममा रहेको पाइन्छ । उनीहरुले काम गर्ने श्रोत साधनमा हाते चक्कु, हँसिया, माछा मार्ने जाल, कोदालो आदि पर्छन । त्यसो त स्वीमसुटका पनि छुट्टै विशेषता छन् । 

जब पानी जहाजहरु हानेएउका हातमा पर्छ प्राय उनीहरु मन्त्रमुग्ध गीत गाउन थाल्छन्, जसलाई सुम्बी सोरी भनिन्छ । गीत गाउँदा उनीहरुले लिने सासको मात्रा र संकेत भिन्न प्रकारको रहने गरेको पाइन्छ ।

२०१६ मा युनेस्कोले हाएनेउ माझी समुदायलाई महिला आरक्षण र मानवताको सांस्कृतिक सम्पदाको सूचीमा वर्गीकृत गरेको थियो । यसको कारण उनीहरुले माछा मार्दा वातावरण मैत्री हुनुको कारणलाई उच्च कोटीमा लिइएको रहेको बताइन्छ । यसका साथै जेजुमा भ्रमण गर्न मिल्ने ठाउँ भनेको ह्यामडेवक सामुद्रिक किनारा, सोइसोकाक, जोइगंव्यागं झरना आदि रहेका छन् । 

जियो पार्क  ४ अक्टोबर २०१० मा खोलिएको हो । यसको भ्रमण गर्न मानिस सधैं आतुर देखिन्छन् । यसको कारण यो पार्कमा हुनेगरेका सांस्कृतिक, वातावरण मैत्री, भू–विज्ञान र पुरातत्व सम्बन्धी राख्न पाइने जानकारी नै हो । युनेस्कोद्वारा संरक्षित यो पार्क वृहत रहेको छ । स्थानीय जीजीएन प्रोग्रामले भूगोलिय विज्ञानमा यस्ता संरक्षित क्षेत्रले धेरै मानिसको रोजगारीको अवसर श्रृजना गर्ने र मानिसको आर्थिक पहुँचलाई पनि विकसित गर्दै जाने लक्ष्य रहेको बताएको छ । 

जेजुमा युनेस्को संरक्षित जियो पार्कले युनेस्को विश्व सम्पदासँग सम्वन्वय गर्ने बताइएको छ । यद्यपि हाल चीनमा देखिएको कोरोना भाइरसको संक्रमणको कारण जेजु पार्कमा पर्यटकको चापमा ह्वात्तै कमी रहेको बताइन्छ । एजेन्सी
 

ताजा खबर