“मुम्बइ आएको दिन म सँग घरै थिएन, मेरो जीवनका समय अधिकांश समय ग्यारेजमा वित्ने ग¥र्थो” धर्मेन्द्र

२०७६ माघ २७ सोमबार १०:४४:०० मा प्रकाशित

“इण्डियन आइडल ११” मा हिन्दी कथानक चलचित्र “चरस” को एक गीतको सम्झनामा बोल्दै हिन्दी सिने जगतका पुराना लोकप्रिय गायक धम्रेन्द्रले आफ्नो बिगतका तितो यथार्थ “आफूसँग घर नरहेको र मुम्बइको शुरुवातका दिन ग्यारेजमा बस्ने भनेर” कोटयाएका हुन् ।

सोही कार्यक्रममा नायक धर्मेन्द्रले जीवनको एक समय आफू ग्यारेजमा रहेर रु २०० कमाइ गर्ने गरेको र ओभरटाइम पनि गर्ने गरेको बताए ।

२०१९ मा रिलिज भएको धर्मेन्द्र सिनिंग रियालिटी शो,“सुपरस्टार सिंगर” मा एउटा ग्रामीण इलाका को चित्रण गरिएको थियो । उक्त ग्रामिण इलाका धर्मेन्द्रको पुरानो गाउँ भएको र दृश्यमा देखाइएको पुल आफु जवान हुँदा आवात जावत गर्ने गरेको उनको भाव रहेको थियो ।

उनी यसै पुललाई सम्झदैँ आफु त्यसपुल नजिक बसि कलाकार बन्न सोच्ने गरेको बताए ।"

भारतीय सिने कलाकारिता क्षेत्रमा सम्मानीत कलाकार धम्रेन्द्रलाई पद्यम भूषण सम्मानबाट बिभूषित गरिएको छ । उनका ख्यातीप्राप्त चलचित्रमा “हकीकत”, “फूल और पत्थर”,“समाधि”,“ब्लैक मेल”,“सोले”,“प्रोफेसर प्यारेलाल”, “पुलिसवाल गुण्डावाला”,“यमला पगला दीवना” र “अपने” आदी रहेका छन् ।
(स्रोतः दैनिक भास्कर)
 

ताजा खबर