कागले किन कसैलाई विश्वास गर्दैन ? 

२०७६ माघ २६ आइतबार १७:३८:०० मा प्रकाशित

चाणक्यका नीतिले मानव जीवन जिउने सही तरिका सिकाउँछ । सफल जीवन जिउन के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाणक्यले आफ्नो नीतिमा भनेका छन् । जुन मानव जीवनमा पूर्ण रुपमा लागु हुन्छन् । चाणक्य नीति पालना गर्दा जीवन सुख, शान्ति र तनावमुक्त हुने विश्वास गरिन्छ । चाणक्यले जीवनमा सिक्नैपर्ने केही कुरा भनेका छन्, जुन यसप्रकार छन्-


व्यक्तिगत जीवन आफैसँग राख्ने


आचार्य चाणक्यले भनेका छन्, हरेक मानिसले आफ्नो व्यक्तिगत जीवनका महत्वपूर्ण कुरा आफैसँगमात्र राख्नुपर्छ । व्यक्तिगत जीवनका महत्वपूर्ण कुरालाई सामाजिक चर्चाको बिषय बनाउन नहुने उनको सल्लाह छ । जो मानिसले व्यक्तिगत जीवनलाई सामाजिक बनाउँछ, त्यस्ता मानिसलाई पछि गएर धोका हुने उनको भनाई छ । 

धैर्य रहने 

चाणक्यले आफ्नो श्वलोकमा भनेका छन्, मानिसले जीवनमा धैर्य अनिवार्य राख्नुपर्छ । जतिसुकै खराब परिस्थितिमा पनि धैर्य तोड्नु हुँदैन। परिस्थिति आफू प्रतिकुल हुँदा पनि धैर्य कायम रहनुपर्ने चाणक्यको सल्लाह छ । कागले अन्तिमसम्म धैर्य राखेर बस्छ र अन्त्यमा मात्र हमला गर्छ । त्यसपछि मात्र उसको पेट भरिन्छ । 

सधैं सावधान रहने

चणक्य भन्छन्, यदी तपाईंलाई ठूलो मानिस बन्नुछ भने सधैं सावधान रहनुपर्छ । आफ्नो चारैतर्फ हेर्नुपर्छ र हरेक कुरा बुझ्नुपर्छ अनिमात्र आफ्नो अगाडिरहेको मानिसलाई पनि बुझ्न सकिन्छ ।

कसैप्रति भरोसा नगर्ने

मानिसले अधिकांश धोका र दुःख विश्वास गरेकै मानिसबाट पाउँछ । त्यसैले कसैमाथि पनि विश्वास गर्नु हुँदैन भन्ने चाणक्य नीतिको तर्क छ । हामीले आफ्नो लागि नयाँ साथी र सम्बन्ध खोज्छौँ तर उनीहरुले धोका दिने गर्छन् । कागले कसैमाथि पनि विश्वास गर्दैन । उसले आफूमाथि मात्र भरोसा गर्छ । त्यही कारणले काग सफल हुन्छ । (चाणक्य नीतिबाट साभार)

ताजा खबर