आज नेपाल आईडलका तीन कलाकारको लाईभ कन्सर्ट हुँदै  

२०७४ असोज २७ शुक्रबार १५:५६:०० मा प्रकाशित

उर्लाबारी,३० असोज । नेपाल आइडलका टप थ्री कलाकारले मोरङको उर्लाबारीमा आज सोमबार तिहारको अवसरमा लाईभ कन्सर्ट गर्दैछन् । स्थानीय  सप्तकोशी स्कूलको प्रांगणमा हुने सांगीतिक कन्सर्टमा प्रथम नेपाल आइडल बुद्ध लामा पनि सहभागी हुँदैछन्। त्यसैगरी फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दासले पनि यस अवसरमा आफ्नो सांगीतिक कला पेश गर्ने कार्यक्रम  छ । 

उर्लाबारी सेकेण्ड रनरअप निशान भट्टराइको होम टाउन हो ।

  नेपाल आइडलका अन्य प्रतिस्पर्धी सागर आले मगर र सन्ध्या जोशीलाई पनि उर्लाबारीका दर्शकले पहिलो पटक सोही कार्यक्रममा प्रत्यक्ष सुन्न पाउने भएका छन् । 

ग्लोबल युथ क्लव आईतबारेको आयोजनामा हुन लागेको कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले बताएका छन् । बिहीबार सञ्चार क्लव उर्लाबारीमा   पत्रकार सम्मेलन गरी सांगीतिक कार्यक्रमको अन्तिम तयारीबारे अध्यक्ष प्रेम याख्याले जानकारी दिएका थिए । उनका अनुसार कार्यक्रमको अनुमानित खर्च १८ लाख रहेको छ भने ६ हजार दर्शक,स्रोताको उपस्थिति रहने अपेक्षा गरिएकोे छ । 
 पूर्व सन्ध्यामा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।  

ताजा खबर