पैदल यात्रुलाई मोबाइलमा संगित सुन्नु र फोन गर्नु भन्दा, म्यासेज लेख्नु गाह्रो

मानिसको मोबाइल हिँडदा साथमा हुन्छ । वैज्ञानिकहरुको निश्कर्ष रहेको छ – तपाई हिँडदा मोबाइलबाट संगित नसुन्नुहोस, कुरा पनि नगर्नुहोस । म्यासेज गर्दा कुनै उपयुक्त ठाउँमा बस्नुहोस अनिमात्र दुर्घटनाका घटना टरने उनीहरु सुझाउँछन् ।
यदी बाटोमा तपाईँ कसैलाई म्यासेज गर्न लाग्नुभएको हो भने तपाईँ त्यसैपनि दायाँ बायाँ कता जाने अल्मलिने गरिहाल्नुहुन्छ होला !
तर पनि मानिसले बाटोमा हिड्दा हिड्दै लड्ने, ठोकिक्ने वा सवारी दुर्घटनामा परिने अवस्था निकै हुन्छ जति उ संगित सुन्दा नहुन सक्छ ।
क्यानडा क्यारागरि विश्वविद्यालयको अध्ययनको निश्कर्ष के रहेको छ भने यस किसिमको घटना गाउँमा भन्दा भीडभाड रहेको शहर बजारमा धेरै हुन्छ ।
जब प्रविधिको विकास भयो र स्मार्टफोन संसारमा छ्याप छ्याप्ति विकासमा आए त्यसपछि त मानिसले संगित सुन्ने र भिडियो हेर्ने कुरालाई पेसा जस्तै बनाएका छन् । त्यसक्रममा उनीहरु बाटोमा हिड्नै जान्दैनन् र जेब्रा क्रसिङ्गको प्रयोगले दुर्घटना कम गराउँछ भन्ने महसुस नै कम भएको अध्ययनकर्ता हरु बताउँछन् ।
विश्वमा वर्षेनी औसत २ लाख ७० हजार पैदल यात्रुको दुर्घटनामा परि ज्यान जाने अध्ययनले बताएको छ ।
पैदल यात्रुको समूह जस्तै बालबालिका, युवा बढि प्रभावित हुन्छन भने बढापाका प्राय हिड्दा फोन नउठाउने बताइएको छ ।
अमरिकामा फोन कै कारण नाक, अनुहार, आँखा र टाउकोमा हुने खतको सम्भावना २० वर्षमा प्रवल बढेको भनिएको हो ।
यो उमेर समूहमा १३ देखि २९ वर्ष अन्तरालका मानिसमा मोबाइलको असर बढि देखिएको पाइएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदको सार्वजनिक तथ्याङ्क अनुरुप प्रविधिको व्याकुलताले २०१८ मा मात्रै २८,४१ जना मानिसको ज्यान लिएको बताइएको छ भने ६ हजार पैदल यात्रुको मृत्यु भएको प्रकाशित भएको हो । यो संख्या २० वर्ष यता सार्वधिक रहेको मानिएको हो ।
एजेन्सी