कस्ता समाचार पढ्ने, कस्ता छोड्ने ?

२०७६ माघ १९ आइतबार १४:२५:०० मा प्रकाशित

मानिस नौला समाचार पढ्न लालायित हुन्छन् । कहिलेकाहिँ त समाचारले नै मानिसको टाउको दुखाउँछ पनि ! तर अचम्म लाग्दा समाचार हतार नगरी पढ्ने तरिका कस्तो हुँदो हो ! देश विदेशका सञ्चार माध्यमबाट प्रकाशन वा प्रशारण भएका यस्ता समाचारका हेडलाइनले हाम्रो टाउको हलुका पार्ला त !

प्रसंग हो, हामी समाचारको कुन बिषयमा पस्ने भन्ने । प्राय पाठकहरु संसारमा घटित नकारात्मक र खराब समाचार पढ्न लालायित हुने गर्छन् । पत्रपत्रिका र वेभसाइटका यस्ता दुखद हेडलाइनले मानिसको जिज्ञासा थप बढाइदिने गर्छ ।

युध्द, अपराध वा धरपकडका घटना होस चाहे अर्थतन्त्र धरासायी अनि मौसमी गडबढको कारण हुने प्राकृतिक विपत्ति र हताहतीका समाचार होस् । यस प्रकारका समाचार आम मानिसको रुचिको बिषय हुने गर्छ ।

सञ्चारमाध्यमहरुको उदेश्य आफ्ना पाठकलाई सही सूचनाको प्रवाह गरुँ भन्ने हुन्छ तर कहिलेकाहिँ स्वास्थ्य सम्बन्धी प्रकाशित तथ्यले नै विरामीहरुको उत्सुकता बढाएको पनि हुने गर्छ । उनीहरुमा हतास मनोभावना देखिन्छ ।

त्यसो भए दैनिक रुपमा सञ्चार माध्यमबाट प्रकाशित÷प्रशारित खराब समाचारलाई कुन दृष्टिकोणबाट केलाउने त !

हामी तपाईंलाई यस्ता समाचारले स्वास्थ्यमा असर नपार्ने र ग्रहण गर्ने तरिका बताउन चाहन्छौं ।

के समाचारका हेडलाइनले मानसिक तनाव दिन्छ ?

शताब्दि देखि मानिसमा यसो भएको देखिन्छ । २०१६ मा भएको एक घटनाले पनि मानिसहरुका वीचमा विभाजन नै ल्याएको थियो । एकोहोरो हेडलाइनका बमबारीले मानिसको मानसिकता नै खल्बल्याएको थियो भनिएको छ । 

स्टेभेन स्टोस्नी एक थेरापिस्ट वासिङ्गटन पोष्टमा लेख्छन्, मानिसहरुलाई यस्ता समाचारका पंक्तिहरुले उदासिन र अनुदार बनाइदिन्छ । उनका ग्राहकहरुमा यसमा महिला सदस्यको उल्लेखनिय सहभागिता रहेको पाइएको भनिएको छ । उनी लेख्छन्,“प्रथमत मानिसले आफैंलाई अवमूल्यन गर्छ । असुरक्षित, बहिष्कृत, अनुत्तरित हुन्छ । उ आफूमा बाधा व्यवधान देख्छ । भविष्य प्रति उ कहिल्यै आशावादी देखिदैँन ।”

अमेरिकन साइकोलोजिकल एसोसिएसनले २०१६ को अगस्टमा गरेको एक शोधका अनुसार मानिसमा गलत समाचारका कारण तनाव ४.८ देखि ५.१ स्केलमा वृद्वि भएको देखिएको छ । यसरी मानिसमा मनोवैज्ञानिक असरमा वृद्वि हुनु एसोसिएसनले सर्वेक्षण थालिकन नौलो बताइएको छ । अमेरिकामा राजनैतिक, वातावरण परिवर्तन र यौन हिँसाका समाचार बढि मात्रामा प्रशारण हुने बताइएको छ ।

  सूचना ग्रहणमा धैर्य आवश्यक 

मानिसमा खराब सूचना ग्रहण गर्नाले उनीहरुमा रिस, नैराश्यता र शक्तिहीनताको भावना थपिँदै जाने र उनीहरुको दैनिक कार्यमा वाधा अड्चन हुने बताइएको छ । यसलाई मानिसको मस्तिष्कमा हुने दुर्घटनाको रुपमा लिइएको जानकारहरु बताउँछन् । उनीहरुको सुझावमा मानिस खराब समाचारको पछाडि दौडिनुको सट्टा किताब पढ्न सक्छन् वा एक आपसमा वार्तालाप गर्न सक्छन् । मानिस संगीत सुन्न सक्छ, व्यायाम गर्न सक्छ वा ध्यान गर्न पनि सक्छ ।

मानिसले आफूलाई कसरी संयम राख्ने ?

अनावश्यक रुपमा आएको द्वन्दको समाचार, हावाहुरीको समाचारले मानिसलाई पातलो बनाइदिन्छ । उनीहरु आफूलाई शक्तिहीन महशुस गर्नेछन् । पार्टीगत समाचारका पंक्तिले व्यक्तिगत भविष्य पनि पार्टी समूहको छलफल नै हो की जस्तो भान हुन्छ ।
 
मानिसले असल समाचार सुन्नु पर्ने  

मानिसको मनलाई हलुको हुने वा केही उत्प्रेरणा दिने समाचार अत्यासलाग्दा समाचार भन्दा प्रभावकारी हुने बताइएको छ । बेलायती विश्वविद्यालय सुसेक्स ब्रिगटन लण्डनका अनुसार मानिसहरु खराब समाचार सुन्न थालिकन खराब घटना तर्फ आकर्षित हुने गरेको उल्लेख गरिएको छ । खराब समाचारले मानिसको मुड नै दुःखी बनाएको, मानिसको आवेग वा प्रवेग बढाइदिएको र उसको मनोचेतना अत्यासपूर्ण बनाएको अध्ययनको निश्कर्ष रहेको छ ।

पत्रकारहरुले अबका दिनमा रचनात्मक पत्रकारिताको थालनी गर्नुपर्ने विज्ञहरुको जोड रहेको छ ।

भर्जिनिया कमनवेल्थ विश्वविद्यालयबाट विद्यावारिधि गरेका क्यारिन म्याकलिन्थ्रे भन्छन्,“पूरातन समाजमा परम्परागत ढाँचाले पत्रकारिता गर्नेहरुले आवश्यक बिषयको उठान गर्नुपर्ने छ । मानिसमा खराब समाचारले हतासा ल्याउँछ । पत्रकारहरुको काम समुन्नत विश्व र सकारात्मक सोचको विकास गर्नु पर्ने देखिन्छ ।” (एजेन्सी: मेडिकल न्यूज टुडे)
 
 

ताजा खबर