हिन्दी कथानक चलचित्र “गुल मकई”मा मलाला युसुफजईको कथाको चित्रण पाइएन

२०७६ माघ १८ शनिबार ११:१९:०० मा प्रकाशित

निर्देशक एच.ई.अजमद खानद्वारा निर्देशित हिन्दी कथानक चलचित्र “गुल मकई” मलाला युसुफजईको जीवनमा आधारित रहेको बताइएको छ ।

मलाला पाकिस्तानमा रहेका सबै विद्यार्थीहरुको प्रतिनिधि पात्र हुन् । उनी सधैं विद्यालय जाने गर्छिन । उता चलचित्रमा पात्रलाई शहरमा आफ्नो पतिको बेगर एक्लै घुम्ने बानी तालिबानी समूहको विरोधमा हुनेगर्छ । उनका पिता जियाउद्दीन युसुफजई र मलाला यसको उल्लंघन गर्छन । मलाला विद्यालय पनि सधैं जाने गर्छिन । यसै क्रममा उनलाई तालेबानी बन्धुकधारीको एक गोली लाग्छ । 
 
कथामा निर्देशक एच.ई.अजमदले एक पाकिस्तानी परिवारका वास्तविकता चित्रमा उतार्ने चेस्टा गरेका छन् । घटनाक्रमहरुलाई शिलशिलाबद्व पारेर मलाला कसरी पाकिस्तानी तालिबानको आतंकमा परिन, उनको संवेदनशीलता दर्शकमाझ पु¥याउन खोजिएको छ ।

फिल्ममा तालिबान र पाकिस्तानी सैनिकबल बिचको द्वन्द्वात्मक दृश्य पनि बीच बीचमा राखिएको छ  । यस दृश्यका पछाडी मलालाको वास्तविकता चलचित्रमा उतार्नु रहेता पनि रोचक हुन नआएको बताइएको छ ।

चलचित्रमा कलाकारहरुको भूमिका सराहनीय र भावनात्मक रहेको बताइएको छ । रीम सेख, अतुल कुलकर्नी, मुकेश ऋषि, दिव्या दत्ता र आरिफ जकरिया र स्वं. ओमपुरीको अभिनय रोचक रहेको बताइएको छ ।

चलचित्रलाई बायोग्राफिकल ड्रामाको संज्ञा दिइएको छ  भने १३३ मिनेट को शो रहने बताइएको छ । 

एजेन्सी

ताजा खबर