फेसबुकका प्रयोग कर्ताले जे पायो त्यही लेख्न पाउँदैनन्– मार्क जुकरवर्ग

२०७६ माघ १८ शनिबार १०:३६:०० मा प्रकाशित

फेसबुकका प्रमुख मार्क जुकरवबर्गले अब फेसबुक चलाउन यसका प्रयोगकर्ता अलि बढि सजग हुनु पर्ने बताएका छन् ।

फेसबुकले मानिसलाई अभिव्यक्तिको स्वतन्त्रता तथा केही गोपनियता प्रदान गरेको छ । यसले मानिसमा कहुतुहलताको साथै प्रतिक्रिया दिन पनि मद्वत गरेको छ ।

एउटा प्राविधिक शिखर सम्मेलनमा बोल्दै मार्क जुकरबर्गले भने, “फेसबुकमा हुने संवेदनशीलताले मानिसलाई चिन्तामय बनाउँनेछ ।”

फेसबुकका प्रयोगकर्ताले आपत्तिजनक शब्दहरु प्रयोग गरेमा उनीहरुको फेसबुक एकाउन्टमा सेन्सर लाग्ने उनको कथन छ ।

फेसबुक प्रयोग कर्तालाई आपराधिक, बालमनोविज्ञानलाई खल्बल्याउने र हिंसात्मक गतिविधि प्रोत्साहन गर्ने सूचना प्रवाह नगर्न बताइएको छ ।

फेसबुक प्रयोगकर्ताको गोपनियतामा केही समय यता धरापमा परेको जुकरवर्गको भनाइ रहेको छ ।

राजनीतिज्ञहरुले प्राय ट्वीटर जस्ता सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनमा दुस्प्रचार गर्दा कम्पनी मर्माहत भएको उल्लेख छ ।

जुकरवर्गको भनाइमा,“फेसबुकमा भावना साटासाट गर्दा मानिस संवेदनशील हुनु पर्छ । उसलाई थाहा हुनु पर्छ की म के गर्दै छु भनेर !”

(स्रोतः सिएनएन)
 

ताजा खबर