सैफ अली खानको भनाईँ–“आफू भाग्यमानी जीवनमा करीना आए देखि ”

२०७६ माघ १७ शुक्रबार १०:१४:०० मा प्रकाशित

बलिउड अभिनेता सैफ अलि खान अहिले निर्क चर्चामा रहेका छन् । अभिनेत्री करिना कपुर र सैफको जोडी निकै प्रख्यात छ । 

सैफ आफनो वैवाहिक सम्बन्ध करिना कपुरसँग गाँसिएकोमा आफूलाई निकै भाग्यमानी रहेको ठान्दछन् । 

सैफ र करिना कपुरको वैवाहिक सम्वन्ध १६,अक्टोवर, २०१२ मा मुम्बईमा गाँसिएको थियो ।

उनीहरुले २०२० जनवरी को शुरुवाती समय  स्विटजरल्याण्डमा विताएको प्रसंग चर्चामा आएको छ ।

घरायसी काममा होस, स–साना कार्यक्रमको उद्घाटनमा होस वा चाहे खाना पकाउन नै किन नहोस आफ्ना अनुभव साट्न सैफ र करिना सधैं व्यस्त रहन्छन् । 

उनीहरु साथीहरुसँग रमाइलो गर्न वा विदेश भ्रमण गर्न दुवै वरावरी पोख्त रहेको समाचार प्रकाशमा आएको छ । 

चलचित्रकर्मी सैफ हाल आएर आफ्नो फिल्म “जवानी जानेमन”को प्रमोशनको दौडानमा रहेको बताइएको छ । 
एजेन्सी
 

ताजा खबर