संस्कृत विश्वविद्यालयमा विद्यावारिधिको ढोका खुल्यो

२०७६ माघ १६ बिहीबार १५:३२:०० मा प्रकाशित

दाङ । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधि (पिएचडी) को कक्षा शुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर आजदेखि विद्यावारिधिको कक्षा शुरुआत गरेको जनाएको हो । 

विश्वविद्यालयका उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधि शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको बताए। उनले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन शुरु भएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्माले विद्यावारिधिका बारेमा जानकारी दिँदै दाङमै विद्यावारिधिको कक्षा शुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। 

विश्वविद्यालयमा गणित, राजनीतिशास्त्र, अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विषय र योगचिकित्सामा विद्यावारिधिको अध्ययन हुनेछ । रासस

ताजा खबर