“पंगा” दुस्मनी लिन हैन चलचित्रको कथा बुझन् हेर्नपर्ने ः नायिका कंगना रानावत

२०७६ माघ ११ शनिबार ११:१४:०० मा प्रकाशित

निर्देशक अश्विन ऐयरद्वारा निर्देशित हिन्दी कथानक चलचित्र “पंगा” नारी प्रदान चलचित्र हो । चलचित्रमा महिलाको शत्रु कोही नहुने तर उनीहरु आफ्नो भावना पुरा गराउन लागि पर्ने कथाको विषयवस्तु छ । महिला शक्ति अन्यायमा मा मात्र देखिन्छ  भन्ने कथाको आशय रहेको बताइन्छ ।

फिल्ममा जया निगम (कंगना) र श्रीवास्तव (जस्सी गील)ले वैवाहिक जोडीको भूमिका निर्वाह गर्दै आएका हुन्छन् । निगम कब्बडी खेलाडी हुन्छिन् । उनको छोरा हुन्छ । उनको छोराको नाम सचदेवा (यज्ञ भासीन) बताइएको छ । ७ वर्ष पछि निगमको आफ्नो सपना पुरा गर्न छोरा र पतिको सहकार्यता गर्छिन । निगम वा कंगनाको अभिनय भाबुक रहेको छ ।

पारिवारिक चलचित्र “पंगा”मा बालकलाकार यज्ञ भासिनको प्रस्तुति बेजोड रहेको बताइएको छ । 

चलचित्रका गीतहरुको दर्शकहरुले मनपराउने बताइएको छन् । चलचित्रमा“ दिल ने कहा”, “जुगनु” जस्ता गीतहरु सुभधुर रहेको बताइएको छ । 

चलचित्रमा कबब्डी खेल मार्फत देशप्रेम दर्शाउन खोजिएको भनिएको छ । 

कंगना रानावात, यज्ञ भाषिन, रिचा चड्डा, निना गुप्ता, जसी गील आदी कलाकार सम्मिलत कथानक चलचित्र “पंगा” हिजो अर्थात जनवरी २४ शुक्रबार देखि सिनेमा घरहरुमा चल्न शुरु गरिसकेको छ ।

एजेन्सी

ताजा खबर