नेकपाभित्रको ओली विरोधी गुट नै एमसीसी रोक्न सक्रिय

२०७६ माघ ९ बिहीबार २०:४३:०० मा प्रकाशित

नेपालमा कम्युनिस्ट राज्य सत्ता स्थापनाको सपना देख्नेहरू, चीनमा माओको राज्य सत्ता स्थापना देखिनै चीनलाई आदर्श मान्नेहरू र पार्टी भित्रका ओली विरोधी गुटका नै मूलरूपमा एमसिसीको विरोधमा देखिन्छन् !

१. एमसिसीको विरोध गरिने मंचको एउटा उदाहरण - सी चिन्फ़िङ् सम्वन्धी पुस्तक विमोचन कार्यक्रम ! विरोधको मूल कारण अमेरिकाले चीनलाई घेर्ने भयो ! विरोधमा लागेका अधिकांश व्यक्तिहरू - माओ समर्थक, विद्यार्थीकाल देखिनै अमेरिकाको विरोध गर्दै आएकाहरू !

यिनकै आमन्त्रणको वहु आयामिक वाह्य हस्तक्षेपको कारण नेपाल चरम अस्तित्वको सङ्कट बेहोरिरहेको छ, त्यसलाई सामना गर्ने सोच र चिन्तन छैन यिनलाई चीन घेरिएको पिरोलो छ !
*****
२. चीनलाई घेर्न अमेरिकालाई नेपाल नै किन चाहिन्थ्यो चीनको भूसीमानामा १४ वटा मुलुक छन् ! समुद्री सीमानामा आधा दर्जन मुलुक छन् I आधिकांश मुलुकसँग अमेरिकाको निकट रणनीतिक सम्वन्ध छ I

चीनको तिब्बत भन्दा पनि संवेदनशील सिञ्जियाङ्सँग सीमा जोरिएको अफगानिस्तानमा दुई दशक देखि अमेरिकी सेना तैनाथ छ र चीन त्यहाँ अमेरिकी सैनिक उपस्थितिको पक्षमा नै छ ! त्यहाँबाट आमेरिकी सेना फर्कियो भने त्यसको दवाव मुस्लिम बहुल सिञ्जियाङ्मा पर्ने कुरो चीनले बुझेको छ I

*****
३. अर्को कुरा आवश्यक परे अमेरिका आफ्नै भूभागबाट, दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स, सिङ्गापुर, अस्ट्रेलिया आदि स्थानमा तैनाथ आधुनिक हातहतियारले चीन माथि प्रहार गर्ने सामर्थ्य राख्दछ !

चीन पनि आफ्नै भूमिबाट प्रशान्त क्षेत्रका अमेरिकी टापुहरूमाथि आक्रमण गर्न सक्दछ ! अमेरिकाको मूख्य भूमि निकट अन्तर्राष्ट्रिय जल क्षेत्रमा ओहरदोहर गर्ने आणविक हतियारबाट अमेरिकाको मूख्य भूमि मै हान्न सक्दछ I

*****
४. माओको चीन पो आफ्नै भू र जल सीमामा सीमित थियो आजको चीन त संसारभर विस्तारित छ I
अमेरिकाको त झन् कुरै भएन I

उनीहरूका राष्ट्रिय हित संसारभरी फैलिएका छन् I एक अर्का विरूद्धको रणनीति निर्माणगर्न सिङ्गै संसार छ उनीहरूसँग !
अन्तरिक्ष समेत छ I

*****
५. साठीको दशकमा चीनमा अमेरिकाको रणनीतिक उद्देस्यको लागि नेपालको जति महत्व थियो त्यति आज छैन ! त्यतिखेर भन्दा रणनीतिकरूपमा अमेरिकासँग धेरै निकट आजको शक्तिशाली भारत छ I प्रविधिले दूरी र भूगोलका अवरोधहरूलाई धेरै हदसम्म हटाइ सकेको छ I

*****
६. नेपालको गरीवी, अराजकता र असंतोषको बाटो नेपाल अन्तर्राष्ट्रिय आतंकवादको केन्द्र नबनोस भन्नेमा भने अमेरिका, भारत र चीन समेत संवेदनशील छन् भनेर बुझ्न सकिन्छ I
तिब्बतको एउटा छेउमा मात्र हो नेपाल , तिब्बतको ठूलो भूभाग छुने अन्य मुलुक नै छन् ! विश्वलाई माओकालिन चीनको आँखाले हेर्नेहरू नै एमसिसीबाट छटपटिएका हुन् I चीनलाई खासै मतलव छैन तर उनीहरू ???

*****
. नेपालमा आफू उपस्थित हुँदा भारत र चीन वीचको भू रणनीतिक दृष्टिले महत्वपूर्ण मुलुकमा कम्युनिस्ट राज्य सत्ता स्थापना नहोस भन्नेमा भने अमेरिका शुरू देखिनै सचेत देखिएको हो ! नेपालमा कम्युनिस्ट राज्य सत्ता स्थापनाको सपना देख्नेहरू, चीनमा माओको राज्य सत्ता स्थापना देखिनै चीनलाई आदर्श मान्नेहरू र पार्टी भित्रका ओली विरोधी गुटका नै मूलरूपमा एमसिसीको विरोधमा देखिन्छन् !

उनीहरू त्यतिखेर देखिकै विरोधी हुन् ! आज राज्य सत्तामा पनि उनीहरूको पहुँच भएकोले आवाज अली बाक्लो सुनिएको मात्रै हो !


(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको समसामयिक टिप्पणी उनको फेसबूकबाट साभार गरिएको हो । फायल तस्बिर)

ताजा खबर